सन्धिखर्कमा निर्माण हुन लागेको ‘अर्घा–भगवती’ विमानस्थलको शुभारम्भ



सुरज घिमिरे,अर्घाखाँची
अर्घाखाँचीको सन्धिखर्क–१० अर्घामा निर्माण हुन लागेको अर्घा–भगवती विमानस्थलको आज एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ ।
पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधीसभा सदस्य टोप बहादुर रायमाझीले रिबन काटेर विमानस्थल निर्माणको शुभारम्भ गर्नुभएको हो । ५ करोड ६९ लाखको लागतमा विमानस्थलको रनवेको काम आजबाट सुरु गरिएको हो । पुष्पा जेभी कन्स्ट्रक्शनले निर्माणको जिम्मा पाएको छ । वुधवार बाट निर्माण कार्य शुरु भएको विमान स्थलको यो सम्झौताको अवधी २०७७ साल कार्तिक ५ गते सम्म रहेको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर–१० धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको बिमानस्थलको २०७३ सालको असार १३ गते तत्कालिन नेपाल सरकारका उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझिले शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको २१ महिना पछि विमानस्थल बन्ने क्षेत्रमा रुखहरु कटान भएको थियो । रुख कटान सकिएपछी आजबाट रनवे निर्माणको काम सुरु भएको छ ।
अर्घाखाँची जिल्लाबासीहरु अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहबामा गएर हबाइ यात्रा गरिरहेका छन । आफ्नै जिल्लामा विमानस्थल भएमा बिहान काठमाण्डौ गई काम सकेर साझ घर फर्कन सक्ने सपना देखेका जिल्लाबासीको सपना कैले पुरा हुन्छ त्यो भने हेर्न बाँकी छ ।

शुभारम्भ कार्यक्रममा प्रतिनिधीसभा सदस्य रायमाझी सहित राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का उज्वल, प्रदेशसभा सदस्यद्वय चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, लगायत जिल्लावासीको बृहत उपस्थिती रहेको थियो ।यसैबिच प्रतिनिधीसभा सदस्य टोप बहादुर रायमाझीले समयमै निर्माण पुरा हुने र छिटै विमानस्थलबाट विमान उड्ने बताउनु भएको छ । जिल्लावासीहरुको सपना टाढा नरहेको उहाँको भनाई छ । विमानस्थलको निर्माणकार्य शुभारम्भ कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले गुणस्तरिय काम गर्न र समयमै निर्माण सक्न ठेक्केदार कम्पनीलाई निर्देशन समेत दिनुभएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता