सनराइज बैंक तम्घास शाखा द्वारा, रेसुङ्ग मन्दिरलाई डिजिटल स्क्रोलिङ्ग क्लक बोर्ड उपहार



असार २६ गुल्मी ।

सनराइज बैंक लिमिटेड तम्घास शाखाले रेसुङ्ग संरक्षण समिती गुल्मीलाई डिजिटल स्क्रोलिङ्ग क्लक बोर्ड प्रदान गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व विकास कार्यक्रम अन्तर्गत पवित्र तपोभुमी रेसुङ्गमा हरिशयनी एकादशीको अवसर पारेर डिजिटल स्कोलिङ्ग क्लक प्रदान गरेको सनराइज बैंक तम्घास शाखाका कर्मचारी वामदेव गिरीले जानकारी दिए ।
आज एक औपचारिक कार्यक्रमका बिच पवित्र धार्मिक स्थल रेसुङामै पुगेर बैंकका कर्मचारीले रेसुङ्गा संरक्षण समितिलाई डिजिटल स्क्रोलिङ्ग क्लक प्रदान गरेका हुन ।
डिजिटल स्कोलिङ्ग क्लकले समय,रेसुङ्गाको तापक्रम र विविध जानकारी मुलक सुचना सहित भक्तजनलाई स्वागत गर्ने छ ।
डिजिटल स्कोलिङ्ग क्लक प्रदान गर्ने सनराइज बैंकलाई रेसुङ्गा संरक्षण समितिले धन्यवाद दिएको छ । पवित्र तपोभुमी रेसुङ्गाको विकास,संरक्षण तथा प्रचार प्रसारको निम्ति बैंकले गरेको सहयोग निकै उल्लेखनीय रहेको अध्यक्ष सुरेश चन्द्र भुसालले बताए । सबैले हातेमालो गरे मात्रै रेसुङ्गको विकास हुने र रेसुङामा आन्तरिक तथा बाह्य पर्यटक भित्रने उनको भनाइ थियो ।
डिजिटल स्कोलिङ्ग क्लक हस्तान्तरण कार्यक्रम ,रेसुङ्ग संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा,क्याप्टेन रामबहादुर थापाको विशेष आतिथ्य ,बैंकका शाखा प्रबन्धक दिनेश पन्थीको अध्यक्षयता तथा कर्मचारी ऋषिराम घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता