सदरमुकाम तम्घास बजारमै नगद सहित गरगहना चोरी !



फागुन -२ गुल्मी ।

गुल्मीको सदरमुकाम तम्घास बजारमै गरगहना र नगद चोरी भएको छ ।
रेसुंगा नगरपालिका वडा नम्वर एकका गोर्कण गिरीको घरमा डेरा लिइ बस्दै आएकी गुल्मी दरवार गाउँपालिका – २ की पुजा थापाको ५५ हजार नगद सहित आदा तोला सुन चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक (डिएसपी) पुरुषत्तम पाण्डेले बताए ।

केही दिन अघी घर गएकी थापा आईतवार आफ्नो डेरामा आउँदा नगद र सुन चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेको थापालाई उद्रित गदै वडा अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले बताए ।
ढोकाको चावी तोडेर दराजमा रहेको नगद र गहना चोरी भएको बताइएको छ ।
घटनाबारे अनुसन्धान भैइरहेको गुल्मी प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता