सत्यवती भार्सेका किसानलाई नि :शुल्क कृषि औजार प्रदान



फागुन २६ गुल्मी ।

गुल्मीको सत्यवती गाउँपालिकाका किसानलाई कृषि औजार प्रदान गरिएको छ ।
गाउँपालिकाको समन्वयमा कृषि ज्ञान केन्द्र गुल्मीले नि : शुल्क कृषि औजार वितरण गरेको हो ।
बिहिवार वडा नम्बर आठ भार्सेका किसानलाई पाँच/पाँच वटा हाते ट्याक्टर, कुटानी पिसानी मेशिन (मिल) ,एउटा मकै छोडाउने मेशिन र १५ वटा त्रिपाल प्रदान गरिएको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र गुल्मीले सत्यवती मकै ब्लक क्रमागत कार्यक्रम अन्तर्गत कृषि औजार वितरण गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नमराज भण्डारीले जानकारी दिए । कृषिमा आधुनिकीकरण गरि कृषकको उत्पादन वृद्धि गर्ने उदेश्यले औजार वितरण गरिएको प्रमुख भण्डारीले उल्लेख गरे ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले कृषि औजारको सहि सदुपयोग गरि उत्पादनमा जोड दिन आग्रह गरेका छन् । बजारीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने बताउदै उनले किसानालाई ढुक्क भएर उत्पादनमा लाग्न अनुरोध गरेका हुन ।

कृषि औजार पाउँदा किसान पनि खुसी भएका छन् ।
अघिल्लो वर्ष पनि कृषि ज्ञान केन्द्र गुल्मीले भार्सेका किसानलाई कृषि औजार वितरण गरेको ज्ञान केन्द्रले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता