सत्यवती चोटमा चन्द्रकोटको मल्हम



साउन १८ – गुल्मी ।

 वर्षा सङै गएको पहिरोका कारण निकै ठूलो जनधनको क्षेती भैइ शोकमा डुबेको सत्यवती गाउँ पालिकालाई छिमेकी चन्द्रकोट गाउँ पालिकाले सहानुभूति प्रकट गर्दै आर्थिक सहयोग प्रदान गरेको छ । शनिबार चन्द्रकोट गाउँ पालिकाका अध्यक्ष दोर्ण बहादुर खत्रीको नेतुत्वको टोलि पहिरो ग्रस्त क्षेत्र ठुलोलुम्पेक मा पुगि आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

चन्द्रकोट गाउँ पालिका स्थित विभिन्न संघ संस्था द्वारा सङकलित ६ लाख तीस हजार सात सय ५५ रुपैयाँ रकम प्रदान गरिएको चन्द्रकोट गाउँ पालिकाका अध्यक्ष दोर्ण बहादुर खत्रीले उल्लेख गरेका छन । सहयोग रकम हस्तान्तरण गदै अध्यक्ष खत्रीले भने ” सत्यवती गाउँ पालिकालाई परेको पीडामा सिङ्गो चन्द्रकोट गाउँ पालिका पनि अत्यन्तै दुखी छ र सत्यवती को पिडा कम गर्न आफुहरु सदैव तयार रहेको ” बताए । साथै खत्रीले थपे ” पहिरोका कारण भौतिक सरचनामा ठुलो  क्षेती पुगेको र यसको व्यवस्थापनमा पनि आफुहरुको सहयोग रहने भनाई व्यक्त गरेका थिए ।

त्यस्तै यता सत्यवती गाउँ पालिका का अध्यक्ष परिश्वर ढकालले चन्द्रकोट गाउँ पालिकालाई धन्यवाद ज्ञापन गर्दै एउटा स्थानीय तह लाई दुख पर्दा अर्को स्थानीयतह ले सहयोग गरि मानवता तथा छिमेकीको भुमिका निर्वाह गरेको बताए । साथै ढकालले सहयोग गर्न सम्पुर्ण व्याक्ती,संघ सस्था, स्थानिय तहलाई विशेष धन्यवाद समेत प्रकट गरेका छन ।

डि.बी खड्का

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता