सत्यवती गाउँपालिकामा स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न !



भदौ २८ गुल्मी ।

गुल्मीको सत्यवती गाउँपालिकामा स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

आर्थीक वर्ष २०७७/७८ मा सञ्चालीत योजनाको प्रगतीको विषयमा समिक्षा गरिएको स्वास्थ्य सह-संयोजक हरी भण्डारीले बताए ।
अघिल्लो आर्थीक वर्षमा सञ्चालीत खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, साथै स्वास्थ्य क्षेत्रमा विभिन्न इन्डिकेटर ससर्त र निसर्तको खर्च तथा आगमी योजनाको तर्जुमाको बारेमा छलफल गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुर्य रानाले बताए ।

साथै यस वर्ष सञ्चालन हुने स्वास्थ्य बिमा , सुरक्षित मातृत्व अलपत्र परेका स्वास्थ्य चौकी भवनको बारेमा समेत छलफल गरिएको छ ।
स्वास्थ्य समिक्षा कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले कोभिडको समयमा अहोरात्र खटिने स्वास्थ्यकर्मीलाईे धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शुर्वण शेरचन, प्रमुख प्रशासकिय अधिकृत झविश्र रेग्मीले लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता