सत्यवती गाउँपालिकाका साढे तीन वर्ष कसरी बिते ?



 

देश संघीय संचरनामा गए संगै स्थानीय तहले आफ्ना नागरिकका समस्या तथा आफ्नो क्षेत्रका आवश्यकता अनुसार काम गरिरहेका छन् । त्यस्तै गुल्मीका स्थानीय तह पनि जनतको काममा तल्लीन देखिन्छन् । स्थानीय तहको संरचना बनेको झण्डै साढे ३ वर्ष पुरा भएको छ । यो साढे ३ वर्षको अवधीमा स्थानीय तहले थुप्रै कामहरु सम्पन्न गरेका छन् ।

गुल्मीको सत्यवती गाउँपालिकाले यो अवधीमा के गर्यो र के कस्ता योजनाका साथ अगाडी बढेको छ भनेर गुल्मी अपडेटकर्मी डिबी खड्काले सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालसगं कुराकानी गर्नुभएको छ ।

स्वागत छ यहाँलाई ,गुल्मी अपडेटको दैनिक सक्षिप्त कुराकानी श्रृङ्खलामा ।

धन्यवाद, यहाँ लगायत गुल्मी अपडेट सम्पूणर् परिवार र यो अन्तरवार्ता पढिरहनुभएका सम्पुणर् महानुभावलाई नमस्कार ।

गाउँपालिकाले पछिल्लो समय के कस्ता काम गरिहरेको छ ?

सुरु देखिनै हामी योजनाबद्ध ढगंले हामी अगाढी बढेका छौँ । पछिल्लो समय जुन कोरोना महामारीको अवस्थामा पनि हामी त्यसको व्यवस्थापनका लागि निकै कटिबद्ध भएर लाग्यौँ ।

भने फेरी भोलि पनि कोरोनाको महामारी हुन सक्छ भन्ने कुरामा पनि हामी सतर्क छौँ । खासगरी विकासका योजनाहरुमा विपन्न वर्गसम्म कसरी पुर्याउन सकिन्छ ? राज्यको रकम कसरी प्रयोग गरेर विपन्न नागरिकका सवालहरु सम्बोधन गर्न सकिन्छ भन्ने कुरामै हाम्रो ध्यान केन्द्रित छ ।

अहिले हामीले सत्यवती गाउँपालिकामा २३ घर भएका बोटेहरुको घर निर्माणको काम तीब्र गतिमा अगाडी बढेको छ । धेरै घर सम्पन्न भईसकेका छन् । गाउँपालिका भित्र रहेका पिछडिएका समुदायहरुलाई सुविधा सम्पन्न घरमा स्थानान्तरण गर्ने गरी योजना बनाएको छ ।

हामी त्यो काममा अहिले लागि रहेका छौँ । र जो विपन्न छ जो अपागं, अशक्त छ त्यस्ता व्यक्तिहरुलाई लक्षित गरेर पनि सत्यवती गाउँपालिकाले कार्यक्रमहरु निर्माण गरेको छ । एक घर एक धारा सम्पन्न गर्ने, घरका छाना विस्थापन गर्ने र विपन्न नागरिक समक्ष राहत कसरी पुर्याउने भन्ने विषयमै हामी केन्द्रित छौँ ।

र अहिले गाउँपालिका भित्र रहेका युवा र कोरोनाका कारण रोजगारी गुमाएर फर्किएकाहरुलाई स्वरोजगार बनाउन विभिन्न योजनाहरु सञ्चालन भएका छन् । यो वर्ष मात्रै गाउँपालिकामा झण्डै १ सय वटा उन्नत जातका गाई भैँसी भित्र्याउने लक्ष्य राखेका छौँ । जसमध्ये ४० भन्दा बढी उन्नत जातका गाई भैँसी भित्रि सकेका छन् ।

सत्यवती गाउँपालिका दुधमा आत्मनिर्भर भएको छ, मासुमा आत्मनिर्भर भएको छ, अण्डामा आत्मनिर्भर भएको छ । त्यस्तै तरकारीजन्य सामाग्रीहरु पनि बुटबलमा निर्यात हुँदै आएको छ । अहिले युवाहरु व्यवसायिक तरकारी खेती, पशुपालन र पर्यटन तर्फ आकर्षित भएका छन् ।

हाम्रो लक्ष्य छ यहाँका युवाहरुलाई यही रोजगार दिएर विदेशमा जान नपर्ने परिस्थिति सिर्जना गर्नकालागि हामीले आह्वान गरेका छौँ । युवाहरु उत्साहजनक तरिकाले कृषि लगायत अन्य विभिन्न पेशा व्यवसायमा लाग्नुभएको छ । गाउँपालिकामा पछिल्लो समय नमुना रुपमा तरकारी खेती उत्पादन भईरहेको छ । गाउँपालिकाले प्लटिङमाकाम गर्ने गरी पनि हामीले प्रोत्साहित गरेका छौँ ।

यो अवधीमा भएका कामबाट तपाईहरु आफै चाहिँ कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

मलाई लाग्छ हामीले साढे ३ वर्षमा जे जति काम गरेका छौँ, त्यसका लागि हामी सन्तुष्ट हुनैपर्छ । हामीले हाम्रो व्यक्तिगत काममा भन्दा पनि जनताका कामकै लागि समय खर्चेका छौँ । र जनतामा पनि केही उत्पादनशीलता जोडिनुपर्दछ ।

आम्दानी सगं जोडिनुपर्दछ भन्ने भावनाको जागृत भएको छ यो कुरालाई मैले सकारात्मक रुपमा लिएको छु । हुनत धेरै कामहरु गर्न बाँकी छन्, केही हामीले गर्ने पर्ने सडकका कामहरु थाँती छन् । जस्तो उल्लीखोलाको, डहरेखोलको पुल,रुद्रवेणी देखि वामीटक्सार सम्मको सडक पुरा गर्नुपर्ने हाम्रो जिम्मेवारी थियो ।

तैपनी यसमा अलिकति ठुलो बजेट आवश्यक पर्ने भएको र केन्द्रको पनि कम ध्यान गएकाले यो कुरामा हामी थोरै निराश बनेका छौँ । तथापी हाम्रो प्रयास यी कार्य पुरा गर्नका लागि निरन्तर जारी नै रहेको छ । हाम्रो कार्यकालमा यी अपुरा कामहरु पुरा गर्ने गरी हामी अगाडी बढेका छौँ । सकारात्मक हिसाबले सत्यवती गाउँपालिका अगाडी बढेको म यहाँलाई जानकारी गराउन चाहान्छु ।

अब बाँकी डेढ वर्षको अवधीमा के कस्ता काम गर्न बाँकी रह्यो भन्ने लाग्छ ?

सत्यवती गाउँपालिकाले नमुना काम गरेको छ भन्नेमा हामी विश्वस्त छौँ । यहाँका युवाहरुलाई हामीले एक किसिमको उर्जा सिर्जना गरेका छौँव यो सकारात्मक पक्ष हो । गाउँपालिका भित्र रहेका विपन्न नागरिकलाई समेटेर पनि हामीले कार्यक्रम बनाएका छौँ ।

अबको खड्केको कुरा के भने रुद्रवेणी देखि वामीटक्सारसम्मको सडक कालोपत्रे गरेर अलपत्र परेका पुलहरुको निर्माण अगाडी बढाउन सक्यौँ भने मात्रै पनि सत्यवती गाउँपालिका मात्रै नभएर चन्द्रकोट, मुसिकोट लगायत बाग्लुङका थुप्रै पालिकाका नागरिकहरुलाई सुविधा हुने थियो ।

मैले गुल्मी अपडेट मार्फत यहाँको प्रदेश सरकार, केन्द्र सरकार र यहाँका प्रतिनिधिहरुको ध्यानाकर्षण पनि गराउन चाहान्छुकी, यो सडकखण्ड राम्रो बनाउन सक्यौँ भने मात्रै पनि लाखौँ मानिसको जीवनमा सहजता आउँछ र विकासले पनि एक किसिमको समृद्धि हासिल गर्दछ ।

बिडम्बना यी काम हामीले गर्न सकिरहेका छैनौँ र हामी लागि भने परिरहेका छौँ । अरु हाम्रो गाउँपालिका भित्र थुप्रै कामहरु खरका छाना विस्थापन, एक घर एक धारा,विपन्न लक्षित कार्यक्रम, अपाङ्गता परिचय पत्र वितरणहरु यी धेरै कामहरु हामीले सकारात्मक हिसाबले अगाडी बढाएका छौँ । अपाङ्गता परिचयपत्र नपाएर राज्यले दिने सेवा सुविधाबाट समेत बञ्चित बनको नागरिकहरुलाई हामीले गाउँ गाउँमै पुगेर परिचय पत्र वितरण गरेका छौँ ।

हस धन्यवाद अध्यक्ष ज्यू,

धन्यवाद, गुल्मी अपडेट परिवारलाई पनि गाउँपालिकाका कुराहरु राख्ने अवसर प्रदान गर्नुभएकोमा ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता