गुल्मीको सत्यवतीमा लम्पी स्किन रोगको विरुद्ध भ्याक्सिन लगाउन सुरु !



बैशाख २३ गुल्मी ।

पछिल्लो समय गुल्मी लगायत छिमेकी जिल्लाका किसानलाई आतंकित पार्ने गरि फैलिएको लम्पी स्किन रोगको निराकरण तर्फ सत्यवती गाउँपालिकाले चासो दिएको छ ।
शुक्रबार देखि गाउँपालिकाले भ्याक्सिन लगाउन सुरु गरेको पशुपंक्षी शाखाका प्रमुख नारायण खनालले बताए ।

यो रोगको कुनै प्रभावकारी उपचार नभएकोले लक्ष्यण नदेखिका पशुहरुमा भ्याक्सिन लगाउने र लक्ष्यण देखिएका पशुहरुमा सामान्य औषधि उपचार गरेर घाउ निको पार्ने ,ज्वोरो कम गराउने तर्फ गाउँपालिका लागेको खनालले उल्लेख गरे ।

पहिलो चरणमा तीन सय २५ डोज भ्याक्सिन लगाउने गाउँपालिकाका योजना रहेको छ । त्यसमा पनि जोत्ने गोरु र दुधालु गाईभैंसी पहिलो प्राथमिकतामा पर्ने छन ।

सत्यवती गाउँपालिकाका वडा नम्बर सात जुनिया र वडा नम्बर आठ भार्से बाहेक अन्य स्थानमा यो रोग देखा परेको छ ।

रोग प्रती सचेत रहन सत्यवती गाउँपालिकाले किसानलाई आग्रह समेत गरेको छ ।
रोगको परिचय,लक्ष्यण,सर्ने तरिका, रोगको संका लागेमा के गर्ने र फार्मको सुरक्षा कसरी गर्ने भन्ने विषयमा किसानलाई सचेत गराईएको अध्यक्ष टिकाराम पाण्डेले बताए । साथै छिटोछरितो भ्याक्सिन उपलब्ध गराएर पशुहरुलाई भ्याक्सिन लगाउने अध्यक्ष पाण्डेको भनाइ रहेको छ ।
भ्याक्सिन लगाउन सुरु गरे संगै किसानले पनि राहतको महसुस गरेका छन् ।

 

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता