सत्यवतीको पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली !



डि.बि खड्का भदौ ५ गुल्मी
पहिरो प्रभावित क्षेत्र गुल्मीको सत्यवती गाउँ पालिकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । शिविरमा बस्दै आएका पहिरो पीडितहरूको स्वास्थ्यमा समस्या आएको गुनासो आए पछि गाउँ पालिकाले त्यस तर्फ आफ्नो चासो देखाएको हो ।

बिरामीको स्वास्थ्य जाँच गदै डाक्टर शिला ढकाल ।

बिहीबार गाउँ पालिकाका अध्यक्ष पारिश्वर ढकाल , जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर शिला ढकाल, गाउँ पालिकाका स्वास्थ्य संयोजक सूर्य राना सहितको टोली उक्त क्षेत्रमा पुगी पहिरो पीडितहरूको स्वास्थ्य अवस्थाको जानकारी लिएको हो । अश्लेवाको देउडाडामा र कोटमा रहेका पहिरो पीडितको स्वास्थ्य परीक्षण गरिएको डाक्टर शिला ढकालले बताइन ।

बिरामीको स्वास्थ्य जाँच गदै डाक्टर शिला ढकाल ।

पहिरो पीडितहरूको स्वास्थ्यमा खासै जटिल समस्या नरहेको सामान्यतया चिसोका कारण घुँडा तथा दाँत दुख्ने र बालबालिकामा टन्शिल हुने गरेको डाक्टर ढकालले उल्लेख गरिन् । सोही अवसरमा रोक्याट क्लब बुटवल सिनर्जीले प्रदान गरेको क्याल्सियम नामक ट्याप्लेट आवश्यक विरामीलाई प्रदान गरिएको छ । साथै आवश्यकता अनुसार स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँ पालिका तयार रहेको सत्यवतीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता