सत्यवतीका पहिरो पिडितलाई काँग्रेसका युवा नेता कंडेलद्धारा झण्डै ९ लाख चेक हस्तान्तरण



कौरव खत्री- गुल्मी १९ साउन ।

गुल्मीको सत्यवति गाँउपालिकाका पहिरो पिडितहरुका लागि हेलिकप्टर एसोसियसन अफ नेपालका महासचिव योगराज शर्मा कंडेलले पहिरो पिडितहरुका लागि नगद र राहत सामग्रीहरु लिएर पिडितहरुलाई मलम पट्टी लगाउन गुल्मी पुगेका छन् ।

नेपाली काँग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य योगराज कंडेलले आफ्नो जन्मदिनको लागि छ्ट्याएको नगद रकम रु ५५ हजार सहित पहिरो पिडित विद्यार्थीहरुको अध्ययनका लागि समाजिक सञ्जालको माध्यमबाट काँग्रेसका युवा नेता कंडेलले स्वदेश तथा विदेशमा सहयोग अभियान सञ्चालन गरेर पहिरो पिडितहरुका छोराछोरीहरुको अध्ययनका लागि ६लाख,५ हजार, र सत्यवति गाँउपालिकाको विपत व्यवस्थापन कोषका लागि गुल्मेली अधिकृत समाजद्धारा संकलन गरिएको २लाख,५१ हजार गरि कुल ८लाख,५१हजारको नगद चेक रकम शनिवार नेपाली काँग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य योगराज कंडेलद्धारा सत्यवति गाँउपालिका वडा नं. ३ ठूलोलुम्पे र पडा नं. ४ लिम्घाका पहिरो पिडितहरुलाई सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण गरेका थिए ।

साथै पहिरो पिडित विद्यार्थीहरुको अध्ययन लागि लायन्स अफ काठमाण्डौ मेल्विन जोन्स,नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्र्पक समिति,परदेश एकता सहकारी,हाम्रो श्रङ्गेली समूह,खज्याङ्ग काठमाण्डौ समाज तथा अष्टेलिया, क्यानाडा,दुवई,जापान,भारत,दक्षिणकोरिया,अफ्रिका,ब्रिटेन युके,अमेरिका तथा नेपालका विभिन्न शहरबजारका स्थानमा हरेका नेपालीहरुलाई समाजिक सञ्जालको अभियान चलाएर उक्क्त ६लाख ५हजार रकम संकलन गरिएको थियो ।साथै उक्क्त सहयोगकार्य जारी रहेको नेपाली काँग्रेसका युवा नेता तथा सहयोगका अभियान्ता कंडेलले बताए ।

गत साउन ६ गते सोमवार राती अविरल बर्षासँगै परेको पानीले सत्यवति गाँउपालिका वडा नं. ३ ठूलोलुम्पेक र वडा नं. ४ लिम्घा गरि १३ जनाको मृत्यु भएको थियो भने झण्डै ४ सय घरपरिवार पहिरोबाट प्रभावित भएकाहरुलाई अहिले अस्थायी रुपमा विभिन्न विद्यालय तथा छिमेकीको घर र खुल्ला चौरमा टेन्ट टागेर बसालिएको सत्यवति गााउपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

युवा नेता कंडेलले भने यो विपत्तिको बेला कुरा होइन काम गर्ने बेला भएकोले मानवीय सेवा नै जीवनको सबैभन्दा ठूलो धर्म हो भन्दै दुखको बेलामा आफूसक्दो सहयोग गर्न सबैलाई आग्रह गरे ।

साथै नेता कंडेलले विगत लामो समयदेखि सामाजिक रुपमा विद्यालय संघ संस्था लगायतमा सहयोग गदै आएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काग्रेस गुल्मीका पूर्व पार्टी सभापति चन्द्र बहादुर केसी,नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्र्पक समितिका उपाध्यक्ष कृष्ण खरेल,सचिव गोविन्द्र गौतम,समितिका सदस्य अमृत ज्ञवाली, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तेज बहादुर महत,नेपाल शिक्षक संघका कृष्ण भण्डारी सञ्चारकर्मी कौरव खत्री लगायतको सहभागिता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता