सञ्चारकर्मी खत्रीको खुन बजारमा (हेर्नुहोस भिडियो सहित )



केशब गौतम -गुल्मी,मंसिर १० ।

प्रायः रेडियो मार्फत आवाज बुलन्द गर्ने नवगायक तथा सञ्चारकर्मी अनिल खत्री यतिबेला खुनमा सार्वजनिक गरेका छ्न।लोकदोहोरी क्षेत्रमा उदाउदै गरेका खत्री खुन लोकदोहोरी गीत बजारमा ल्याएका हुन।
गणेश अधिकारीको लय तथा शब्दमा रहेको लोकदोहोरी गीत खुन अनिल खत्री र बिष्णु मुखियाको स्वरमा रहेको छ। भिडियो नेपाल युट्युब च्यानलबाट उक्त गीतको भिडियो बजारमा आएको हो।
खत्रीले यस अघि जिन्दगीको बाटो,यहि हो माया लाउने उमेर जस्ता गीतमा स्वर दिएका खत्रीले खुनमा कर्णप्रिय स्वर दिएका छन।
खुन गितको छायांकन गुल्मीको सुन्दरनगरी तम्घास र तम्घास आसपासको ठाँउहरुमा गरिएको छ।उक्त गीतको म्युजीक भिडियोमा अनिल खत्री,भेषराज अर्याल,सुजता कुमाल,केशब गौतम लगाएत अन्य साथीहरुले अभिनय गरेका छन्।सञ्चारकर्मी खत्रीले जात भात धनी गरिब बिचको भावनालाई शब्द मार्फत व्यक्त गरेका छन ।मदाने गाउँपालिका १ अग्लुङ्गमा खत्री परिवारमा जन्मिएका उनी २०७२ सालमा गुल्मीको सदरमुकाम तम्घास आएका हुन्।अध्ययन संगै रेडियोमा आबद्ध खत्री बाल्यकालदेखिनै गीत संगितमा रुचि राख्ने र घर परिवारको प्रेरणाले यश क्षेत्रमा लागेको बताउछन् ।

सांगीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमै आफुलाई यस क्षेत्रमा अब्बल बनाउदै आएका उनी सदरमुकाममा रहेका धेरै रेडियोमा काम गर्दै आएका र गुल्मीको सदरमुकाममा रहेको सामुदायिक रेडियो स्काईमा बिगत ४ वर्षदेखि लोक सांगीतिक कार्यक्रम चलाउदै आएका छ्न।

नेपाली सांगीतिक बजारमा नव कलाकारहरुलाई टिक्न गार्‍हो भइरहेको समयमा निकै संघर्षपुर्ण समय ब्यतित गर्दै यो गीत बजारमा ल्याएको नवगायक खत्रीले बताए।उनी भन्छन् ुसांगीतिक क्षेत्रमा लगनशीलता,परिश्रम र धैर्यता भए सफलता प्राप्त गर्न सकिन्छ। खत्रीले सानै उमेरदेखिनै यस क्षेत्रमा लाग्ने रुचि रहेको र घर परिवारको सहयोग र समर्थनले गर्दा नै आफू यस क्षेत्रमा लागेको बताए।

(हेर्नुहोस भिडियो)

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता