संरक्षणको अभावमा भुर्तुङ्गको कालिलेक पौवा जिर्ण बन्दै



सज्जन ढकाल ,गुल्मी । 

कालिगण्डकी गाउँपालिका गुल्मी भुर्तुङको धार्मिक अस्तित्व बोकेको रमणिय स्थल कालिलेकमा अवस्थित पौवा संरक्षणको अभावमा जिर्ण बन्दै गैरहेको छ ।  पौवा २०७२ बैशाख १२ को बिनासकारी भुकम्प बाट क्षेतीग्रस्त भयको थियो १ उक्त पौवा क्षेतिग्रस्त भयको चार बर्ष बितिसक्दा पनि मर्मत हुन सकेको छैन । पौवा कालीगण्डकी गाउँपालिका ७,भुर्तुङ् धुवाँखोला निबासी स्वर्गीय भाते छन्त्यालले २०५४ सालमा आफ्नै ब्यक्तिगत लगानिमा निर्माण गरेका थिय ।

 

उक्त पौवा वरिपरी खाने पानी ल्याई गाईमुखे पानीको धारा निर्माण गरिदिने उनको ब्यक्तिगत सङ्कल्प थियो ।  उक्त सङ्कल्प पूरा गर्न सकिन भने ूमेरो मृत्यु पश्चात् यहि पौवा वरिपरि मेरो मृत शरीरलाई दाहासस्कार गरिदिनुू भनी भाते छन्त्यालले स्थानियलाई भनेका थिय ।  त्यसै अनुरुप उहाँको सङ्कल्पलाई पूरा गर्न मृत्यु पश्चात् पौवा वरिपरि दाहा सस्कार गरेको स्थानियले बताए ।

खड्गकोटको आलेमा पनि पौवा जिर्ण

कालीगण्डकी गाउँपालिका ६, खड्गकोटको आलेमा पनि पौवा जिर्ण बन्दै गैरहेको छ ।  गुमाउने बरेङ् मोटरबाटो खण्ड अन्तर्गत यश पौवा पर्दछ ।  बर्तमान अवस्थामा बाटो निर्माण कार्यले यश पौवालाई प्रत्येक्ष असर पारेको छ ।  यश पौवा पनि २०७२ बैशाख १२ को बिनासकारी भुकम्पले क्षेतिग्रस्त भयको थियो १ पौवा खड्गकोट निबासी स्वर्गीय खगेश्वर ढकालले २०१६ सालमा आफ्नै ब्यक्तिगत लगानिमा खरको छानो राखी निर्माण गरेका थिय १ तत्कालीन गा बी।स अध्यक्ष टिकाराम ढकालले २०५४ सालमा गा।बि।स बाट पाँच हजार रकम बिनियोजन गरि उक्त पौवामा जस्ता पाता लगाउदै मर्मत गरेका थिय १ बर्तमाम अवस्थामा मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गैरहेको छ ।

पाटी पौवा संरक्षण प्रती चासो छैन स्थानीय सरकारलाई ।
पछिल्लो समयमा हाम्रा गाउँ घरमा भयका पुराना पाटी पौवा लोप हुँदै गएका छ्न ।  जस्को आफ्नो छुट्टै ऐतिहासिक अस्तित्व रहेको छ ।  केही मात्रमा रहेका पाटी पौवा संरक्षण, मर्मत, सम्भार र निर्माण हुन सकेका छैनन् जस्ले गर्दा हाम्रा रितिरिवाज र संस्कृती धराप पर्दै गैरहेका छन १। सङ्घिय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्थानिय निकायको निर्वाचन पनि सम्पन्न भयो १ लामो समय देखि जनप्रतिनिधि बिहिन स्थानिय तहले जनप्रतिनिधि पनि पायो तर अघिल्लो पुस्ताले निर्माण गरेका सांस्कृतिक सम्पदालाई संरक्षण,मर्मत ,संभार गर्न सकेनन ।

निर्वाचन भएको अढाई बर्ष बिति सक्दा पनि कालीगण्डकी गाउँपालिकाले धार्मिक स्थल, पाटी ,पौवा, मर्मत,संभार , संरक्षण र प्रबर्द्धनमा आज सम्म बजेट बिनियोजन गरेका छैनन् १ हाम्रो समाजमा अग्रज ब्याक्तित्वले निजि लगानिमा समाज सेवाका लागि गरेको कार्य आज अर्थ बिहिन भयको देखिन्छ ।  स्थानिय सरकार जनताको सरकार हो १ तर स्थानिय सरकार सास्कृतिक सम्पदा मर्मत सम्भारमा चासो दिदैन त्यसैले गाउँघरका पाटी पौवा जिर्ण हुँदै लोपोन्मुख हुने खतरामा रहेका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता