संविधानलाई पटक पटक च्यात्ने काम एमालेले गर्यो: नेता श्रेष्ठ



असोज २७ गुल्मी ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा गुल्मी २ प्रदेश क का उम्मेदवार भुवन प्रसाद श्रेष्ठले नेकपा एमालेले पटक पटक संविधान च्यात्ने काम गरेको बताएका छन ।
आज संघिय निर्वाचन क्षेत्र २ प्रदेश क ले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
लाखौं नेपाली जनताले त्याग तपस्या र बलिदान बाट प्राप्त संविधानलाई नेकपा एमाले र केपी ओलीले पटक पटक च्यात्नेकाम गरेको बताउदै त्यस्ता प्रतिगमनकारी बाट जनता सचेत हुनु पर्ने बताए ।
प्रतिगमन रोक्न र त्यसलाई परास्त पार्नको लागि अहिलेको यो गठबन्धन बनेको उनको तर्क थियो ।

साथै माओवादी काङ्ग्रेस समाजवादीको गठबन्धन प्राकृतिक भएको बताउदै एमालेले गणतन्त्र बिरोधि कमल थापा, बिखण्डकारी सिके राउत सङ गरेको तालमेल निकै आश्रयजनक रहेको बताउदै त्यसको कारण जान्न आवश्यक रहेको श्रेष्ठले बताए ।
साथै दुई तिहाई बहुमत दिदा पनि सत्ता र पार्टी जोगाउन नसक्ने एमालेलाई फेरि पनि मतदान गर्नु भनेको देशलाइ प्रतिगमन तर्फ धकल्नु रहेको उनको ठहर रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता