श्रेष्ठले भने ‘युवाको नेतृत्व र कांग्रेसको वर्चस्वको’ लागी सभापतीमा मेरो उम्मेदवारी



भदौ -२५ गुल्मी ।।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको गुल्मीमा वडा अधिवेशन सकिए संगै अब सबैको ध्यान नगर र गाउँपालिकाको अधिवेशन तर्फ केन्द्रित भएको छ ।
विभिन्न पदमा उम्मेदारी दिदै नेताहरुले आफ्नो जित सुनिश्चित रहेको दावी गर्दै , सबै प्रतिनिधिलाई आफुलाई मतदान गर्न आग्रह गरेका छन् । त्यस्तै जिल्लाको रेसुंगा नगरपालिकाको सभापतीमा हरी कुमार श्रेष्ठले आफनो उम्मेदवारी दिएको घोषणा गरेका छन् ।
अहिलेका सचिव रहेका श्रेष्ठले १४ औं महाधिवेशनमा आफु सभापतीको उम्मेदवारको रुपमा अगाडी बढ्ने बताए ।

दर्जनमा भन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध श्रेष्ठ नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष समेत हुन । श्रेष्ठले नेतृत्व गरेका सबै संस्था अब्वल सावित भएका छन् । सामुदायकि प्रहरी सेवा समाज गुल्मी र रेसुंगा वातावरण संरक्षण समितिका पुर्व अध्यक्ष रहेका श्रेष्ठ रेसुंगा बहुमुखी क्याम्पमा , प्रेस युनियन लगायत अन्य संस्थामा आवद्ध हुदैं आफुलाई कुशल नेतृत्व कर्ताको रुपमा प्रमाणित गरीसकेका छन् । अहिले पनि हरी कुमार श्रेष्ठले निमार्ण व्यवसायी गुल्मीको महासचिवको कार्यभार समालिरहेका छन् ।

२०४८ साल देखी नेपाली कांग्रेसमा सक्रिय रहेका श्रेष्ठले सानै देखी राजनीतिमा रुची राख्दथे ।
राजनीतिमा युवाको नेतृत्व , रेसुंगामा काँग्रेसको वर्चस्व कायम राख्न आफुले सभापतीमा उम्मेदवारी दिएको उनको भनाई रहेको छ ।
साथै आफु सभापतीमा चयन भए संगै सुस्ताएको रेसुंगा नगरपालिकालाई बलीयो बनाउने दावी समेत गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता