श्रीमतीको सम्झानमा विद्यायलमा अक्षयकोषको स्थापना



फागुन -२३ गुल्मी ।

गुल्मीका एक पुरुषले आफ्नी श्रीमतीको सम्झानमा सामुदायिक विद्यालयमा अक्षय कोषको स्थापना गरेका छन् ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ६ अर्जैका यम बहादुर अर्यालले आफ्नी स्वर्गीय श्रीमती विष्णु अर्यालको सम्झानामा ” विष्णुकला स्मृती “अक्षयकोषको स्थापना गरेका हुन ।

सोही स्थानको रानी पोखरी निम्न माध्यमिक विद्यालयमा अर्यालले आईतबार एक कार्यक्रमका बिच १६ हजार एक सय पाँच रुपैयाँ रकम बराबरको अक्षय कोष स्थापना गरेको वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
अक्षयकोषको रकम बाट आउने ब्याजले विद्यालयमा अध्ययनरत उत्कृष्ट, गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक साम्रागी प्रदान गरिने छ ।
कार्यक्रमा जनप्रतिनिधि, शिक्षक विद्यालय व्यपस्थापन समितिका पदाधीकारी लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता