शुभ लक्ष्मी फर्माद्वारा धुर्कोटको हाडहाडेमा निशुल्क स्वास्थ्य शिबिर : साढे २ सयले लिए सेवा



गुल्मी, १ फागुन ।
गुल्मी जिल्ला धुर्कोट गाउँपालीका–०३ हाडहाडेको आयोजना र शुभलक्ष्मी फर्मासँगकोे समन्वयमा निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । एक दिने शिविरमा २ सय ४० जना बिरामीहरुले सेवा लिएका थिए । हाडजोर्नी तथा ट्रमा सर्जन डा. प्रदीप शिवाकोटी, डा. अमर पहराई लगायतका चिकित्सकको टोलिले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । शिबिरमा हाडजोर्नीका बिरामी सय जना, जनरल ओ.पि.डी. १ सय ४०, भिडियो एक्सरे १ सय ७, ई.सि.जी. ६० र सुगर जाँच ४७ जनाले गराएको शुभलक्ष्मी फर्माका प्रोपाइटर होम बहादुर पल्लीले जानकारी दिए । साथै शिबिरमा सम्पुर्ण बिरामीहरुलार्ई निःशुल्क औषधि वितरण गरिएको थियो । सस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामीण स्तरको समुदायमा पुगेर रोगको पहिचान गर्ने र समयमै उपचार गर्न उत्प्रेरित गरेर समस्या बल्झिनबाट जोगाउने शिबिरको उदेश्य रहेको पल्लीले बताए । उनले शिबिरको क्रममा कडा परिश्रमका कारण हड्डी खिइएका र विभिन्न कारणले रोग च्यापेर बसेकाहरु फेला परेको बताए । शिबिरमा स्थानीय निकाय, विभिन्न औषधि उत्पादक कम्पनीहरु, हाडहाडे स्वास्थ्य चौकी, क्लब, अन्य संघसंस्थाहरुका पदाधिकारीहरु लगायत प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गरेका थिए । धुर्कोट गाउँपालिका ३ का वडा अध्यक्ष पदम बिष्टले नाफाको जमनामा सामाजिक उत्तरदायित्व सम्झेर दुर्गममा आएर बिपन्न नागरिकको स्वास्थ्य परिक्षण गरेको भन्दै शुभ लक्ष्मी फर्मा र होम पल्लीसहितको टोलिलाई धन्यवाद दिए । फर्माले विभिन्न समयमा शिबिरको आयोजना, सामाजिक सघसस्थालाइ सहयोग, बिपन्नको निशुल्क उपचार लगायतका सामाजिक कार्य गर्दै आएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता