शिक्षा लगायत धुर्कोटको विकासमा सङै छु : मन्त्री झाक्री



गुल्मी -१७ पुस । 

शहरी विकास मन्त्री रामकुमारी झाक्रीले शिक्षा लगायत धुर्कोटको विकासमा हातेमालो गर्ने वताएकी छिन । धुर माध्यमिक विद्यालय धुर्कोट गुल्मीको वार्षिकोत्सब समारोह कार्यक्रममा मन्त्री झाक्रीले धुर्कोटको शिक्षाक्षेत्र लगायत अन्य विकासका काममा आफुले हातेमालो गर्ने वताईन । उनले नेपालको शिक्षा नितिलाई परिवर्तन गर्न आवश्यक रहेको मन्त्री झाक्रीको भनाइ छ । विद्यालयको सरंचना कस्तो वनाउने भन्ने कुरा ठुलो भएको वताउदै कक्षाकोठाको सिकाई, पढनपाठन कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण भएको वताईन ।

विद्यार्थीहरुको भोलीको शिक्षा कस्तो हुन्छ भन्ने कुराको ग्यारेन्टी कक्षाकोठाको सिकाईले नै गर्ने भएकाले शिक्षकहरुले सिकाईमा विशेष ध्यान दिन पर्ने मन्त्रीको भनाई छ । सरकारी विद्यालयहरुमा देशभर नै शिक्षकको दरवन्दी अभाव रहेको भन्दै यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर सरकार गम्भीरतापूर्वक लागेको बताईन ।

अहिले म गर्न नसक्ने योजना वाडदै हिडन चाहान्न मन्त्री झाक्रीले भनिनञहिजो कसैले वोलेर जनताहरुलाई झुक्याएर काम नभएको उदाहरण भएकाले म काम गरेपछि मात्रै वोल्ने छु ।झ यस विद्यालयको भौतिक र शैक्षिक सुधारमा अवस्य मेरो भुमिका रहन्छ नै मन्त्रीको भनाइ छ । शहरी विकास मन्त्री रामकुमारी झाक्रीले धुर माध्यमिक विद्यालयमा नवनिर्मित ४ कोठे भवनको समेत शनिवार उद्घाटन गरेकी छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता