शाईन रेसुङ्ग बैंक सिमलटारी द्वारा जनप्रतिनिधिलाई सम्मान सङै शुभकामना प्रदान ।



 असार २ गुल्मी ।

शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक सिमलटारी शाखाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई संगै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मायाको चिनो प्रदान गरेको छ । बिहिवार मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याल ,उपाध्यक्ष उपेन्द्र अर्याल सहित आठै वटा वडाका वडा अध्यक्षलाई बधाई सहित सफल कार्यकालको शुभकामना प्रदान संगै मायाको चिनो प्रदान गरिको बैंकका शाखा प्रबन्धक दिपक पाण्डेले जानकारी दिए ।

शुभकामना तथा बधाई ज्ञापन कार्यक्रमले नवनिर्वाचित जनप्रतिनिधिलाई काम गर्ने हौसला प्रदान हुने र आत्मीयता कायम रहने पाण्डेले उल्लेख गरे । त्यस्तै यता गाउँपालिकाले पनि बैंकले गरेको सम्मान तथा बधाई कार्यक्रम प्रती आभार प्रकट गरेको छ । साथै वित्तीय कारोबार पारदर्शी गर्न र मालिका गाउँवासिको आर्थिक आय आर्यजनका गतिविधिमा बैक संग सहकार्य गर्ने गाउँपालिका अध्यक्ष देवीराम अर्यालले बताए ।

त्यस्तै यता शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक सिमलटारी शाखाकाले बुधबार पनि धुर्कोट गाउँपालिकाका वडा नम्बर सातका वडा अध्यक्ष लिलाधर खनाल सहित अन्य वडा सदस्यलाई बधाई संगै सम्मान गरेको थियो ।

No description available.

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता