वृद्धवृद्वाहरुको रामकुमारीलाई आर्शिवाद–‘अब तिमी छोरीले पनि जित्नु पर्छ ’



गुल्मी , कार्तिक १४ ।
गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधी सभामा सत्ता गठबन्धना साझा उमेखदबार रामकुमारी झाँक्रीलाई घर–दैलोका क्रममा बृद्ध बृद्धाहरुले अबको चुनाव छोरीहरुले पनि जित्नु पर्ने भन्दै आशिर्वाद दिई रहेका छन् ।
त्यस क्षेत्रमा प्रतिनिधी सभामा प्रत्यक्ष तर्फ पहिलो पटक महिला उमेदबार बनेकी रामकुमारी झाँक्रीलाई घरदैलोका क्रममा विभिन्न टोलहरुमा पुगेकी झाँक्रीलाई कैयौं बृद्ध बृद्धाहरुले शिरमा हात राखेर –‘ छोराहरुले धेरे पटक चुनाव जिते अब तिमीहरुले जित्नु पर्छ , जित छोरी’ भनेर आशिर्वाद दिएको देखियो ।
मुसिकोट नगरपालिका–५ मिमियाथुमका ८९ बर्षीय बृद्ध शालिकराम खरेलले नेतृ झाँक्रीलेको शिरमा हात राख्दै त्यही आशिर्वाद दिए । दमको रोगले खाडिएका बृद्ध खरेलले सासै–सासले रामकुमारीको विजयका लागि त्यस्तो आर्शिवाद दिईरहँदा उनले शिर निहुराउँदै प्रणाम गर्दै भनिन तपाईको आर्शिवाद लागोस बुवा , अनि तपाईलाई छिट्टै सन्चो होस मैले यहि कामना गर्छु बुवा ।’
उक्त वडा साविक आापचौर गाविसमा पर्दछ । त्यहाँका ९८ बर्षीय शम्भुलाल अर्यालले आफ्नो बाल्यकाल सुनाउँदै भने –‘ हाम्रो पालमा त छोरी बेटीहरुलाई चुनावमा उठाउने भन्ने कुरै आउन्नथ्यो , उनिहरुले के गर्न सक्छन र भन्ने हुन्थ्यो ।
नेतृ झाँक्रीलाई धाम मार्दै उनले भने यी नानीलाई टिभीमा कहिले काँही बोलेको सुन्दा अब छोरी बुहारीका पनि दिन आएछन भन्ने लाग्छ । ल नानी तिमीलाई आशिर्वाद छ हाम्रो , यसपाली तिम्रै जित होस् । ’ सोही गाउँका ८५ बर्षीय पोमराज खराल , ६८ बर्षीय गणेश खनाल लगायतका बृद्ध बृद्धाहरुले पनि नेतृ झाँक्रीलाई आर्शिवाद दिईरहेका थिए ।

यता गोकर्ण बिष्टले भने रामकुमारी प्रति लक्षित गर्दै ‘छोरी चेलीलाई सोलीमा रक्सी र रोटी पाउर दिएर बिदा गर्नु पर्छ भोट दिनु हुँदैन’ भन्ने अभिब्यक्ति दिएको भन्दै रामकुमारी झाँक्रीले खेद प्रकट गरेकी छन् ।
नेता बिष्ट कै छिमेकी राष्ट्रिय जनमोर्चाका जिल्ला नेता रामेश्वर खत्रीले साविक क्षेत्र नम्वर ३ देखि हाल क्षेत्र नम्वर २ सम्म आईपुग्दा प्रतिनिधी सभामा पुरुष संग प्रत्यक्ष निर्वाचन लड्ने रामकुमारी झाँक्री पहिलो महिला उमेदवार भएकोले सबैका लागि शौभाग्यको बिषय भएको भन्दै झाँक्रीलाई अत्याधिक मतले जिताउन अपिल गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता