विद्यार्थीहरुलाई स्काउट सम्बन्धित अभिमुखिकरण कार्यक्रम सम्पन्न



गुल्मी, २७ असार ।

रेसुङ्गा नगरपालिकास्थित सिद्वबाबा माध्यमिक विध्यालय र महेन्द्र नमुना माध्यमिक विध्यालयका स्काउट विध्यार्थीहरूलाई स्काउटसम्बन्धि तीन दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम नेपाल स्काउट, लुम्बिनी प्रदेश र सामाजिक विकास डिविजन कार्यालयको सहयोगमा सम्पन्न भएको हो । शनिबारदेखि सुरू भएको कार्यक्रम सोमबार औपचारिक कार्यक्रमबीच समापन गरिएको छ । कार्यक्रममा सिद्वबाबा र महेन्द्र नमुना माविका २३र२३ जना विध्यार्थीहरूको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल स्काउट, लुम्बिनी प्रदेश सदस्य कपुर घिमिरे र सचिवालय सदस्य भरत अर्यालले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी रेसुङ्गा नगरपालिकाका उप–प्रमुख अमसता देवी कुँवरले यस्तो कार्यक्रम जिल्लाभर लागू गर्नुपर्ने बताइन । उनले शिक्षक–शिक्षिकालाई सुरूमै तालिम दिएर सबै विध्यालयमा संचालन गर्नुपर्ने बताइन् । स्काउटको विकास र संरक्षणका लागि आफुले सक्दो प्रयोग गर्ने प्रतिवद्वता जनाइन् ।

कार्यक्रममा सामाजिक विकास डिविजन कार्यालय, पाल्पाका प्रमुख हरीलाल अर्याल, वडा नम्बर १ का अध्यक्ष राम प्रसाद पन्थी, वडा नम्बर ८ का अध्यक्ष निरञ्जन थापा, पत्रकार हुमाकान्त पोखरेल, महेन्द्र नमुना माविका प्रअ कृष्ण मरासिनी, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सिद्वबाबा माध्यमिक विध्यालयका प्रध्यानाध्यापक डोर विक्रम श्रीसको अध्यक्षता एवम् शिक्षक टीका खड्काको संचालनमा सम्पन्न भएको थियो

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता