विदेशी भुमिबाट कारागारका बन्दीहरुलाई खेलकुद र स्वास्थ्य सामाग्री सहयोग



५ असार, गुल्मी । गुल्मीको जिल्ला कारागारमा रहेका कैदिहरुलाई खेलकुद र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

इस्मा गाउँपालिका -६ अमरपुर घर भएका हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत रामचन्द्र कुँवरले स्वर्गीय ममतामयी माता पशुपति कुँवरको सम्झनामा कारागारका बन्दीहरुलाई कोरोना भाइरसको सङक्रमणबाट कैदिहरु पनि अछुतो रहन नसकेको यो समयमा आवस्यक पर्ने ५०० वटा सर्जिकल मास्क, ५ लिटर सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष रेशम कुँवरले बताएका छन् ।

उनी गुल्मेली समाज जापानका सदस्य समेत हुन् ।

त्यस्तै, कैदीहरु पनि स्वस्थ र निरोगी बन्न सकुन भन्ने हेतुका साथ व्याटमिन्टन ४ सेट, लुडो ४ सेट , चेस १ सेट ,व्याटमिन्टन कक १ प्याकेट, भलिबल १ सेट, बल भर्ने पम्प १ सेट लगाएतका सामाग्रि हस्तान्तरण गरिएको उपाध्यक्ष कुँवरले बताएका छन् ।

नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले बन्दीलाई स्वास्थ्य सामाग्री र खेलकुद सामाग्री हस्तान्तरण गर्दै भने, “ कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भइरहेको यस दुखद् घडीमा कसैको पनि नजर जान नसकेको समयमा जिल्ला कारागारका बन्दीलाई विदेशमा भए पनि सम्झिएर पुण्य काम गरेकोमा धन्यवाद छ । ”

त्यस्तै, बन्दीलाई स्वास्थ्य सामग्री र खेलकुद सामग्री हस्तान्तरण गरेकोमा जिल्ला कारागार गुल्मीका बन्दी (नाइके)यमबहादुर सुर्यवंसिले रामचन्द्र कुँवर र हस्तान्तरण गर्ने नेपाली कांग्रेस गुल्मीलाई धन्यवाद दिएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, उपसभापति बिष्णु बलाल, सचिव खिलध्वज पन्थी, पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष रेशम कुँवर , सहसचिव तेजेन्द्र श्रेष्ठ,  जिल्ला सदस्य रमेश विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता