विकासः गुल्मी सदरमुकामकै टोलमा दमकल पुग्न नसक्दा घर जलेर पुर्ण क्षति



असोज २७ गुल्मी ।
राती गुल्मीको सदरमुकामकै काँखमा एक परिवारको घर जलेर पुर्णरुपमा क्षति भएको छ । रेसुङ्गा नगरपालिका–४ सेउवा पनाहका लालबहादुर दर्लामीको घर जलेर पुर्णरुपमा क्षति भएको हो ।

साँझ करिव नगरपालिकाको दमकल लगेर उद्धार टोली पुगे पनि दर्लामीको घर सम्म दमकल पुग्ने सडक नहुँदा घर जलेर पुर्णरुपमा क्षति भएको उद्धार टोलीका एक सदस्यले बताए । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा क्षेत्र नम्वर २ क प्रदेशका उमेदवार भुवन प्रसाद श्रेष्ठले सामाजिक सञ्जाल मार्फत त्यस्तो कुरा बताएका हुन् । क्षतिको एकिन विवरण आई सकेको छैन ।
उद्धारका लागि प्रहरीका साथमा पुर्वमत्री रामकुमारी झाक्री , नगरप्रमुख खिलध्वज पन्थी,इस्मा गाउाँपालिका अध्यक्ष भगतसिंह खड्का ,एकीकृत समाजवादिका नेता श्रीराम महत ,त्यहाँका वडाध्यक्ष लिलाधर आचार्य लगाएत ठूलो संख्यामा घटना स्थलमा पुगेका थिए । सदरमुकाम भित्रैको नगरपालिकाका टोलहरुले अझै सम्म यातायातको सुविधा नपाउनु, आगोलागी हुँदा दमकल र बिरामी पर्दा एम्बुलेन्स पुग्न नसक्नुले विकासको गति कहाँ छ ? भन्ने स्पष्ट हुन्छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता