वाइसीयाल गुल्मीले भ्रष्टाचार विरुद्धको अभियान छेड्ने



प्रेम सुनार
गुल्मी जेठ ६ । नेकपा माओबादी केन्द्रको भातृ सङ्गठान योङ्ग कम्युनिस्ट लिग ( वाइसीएल ) गुल्मीले भ्रष्टाचार बिरुद्धको अभियान छेड्ने उद्घोष गरेको छ । निबार सदरमुकाम तम्घासमा सम्पन्न विशेष भेलाले यस्तो निर्णय गरेको हो ।

भेलाबाट पुन: याइसियल गुल्मीको संयोजकमा चयन भएका अशोक श्रेष्ठले भने जसरी ब्यबस्था परिवर्तनका लागि जनयुद्ध लडियो त्यसरी नै दोश्रो जनयुद्धको रुपमा भ्रष्टाचार विरुद्धको अभियान वाइसीएलले छेड्न सुरु गर्ने भएको छ ।

उनले वडा देखि पालिका र जिल्ला सम्मका सरकारी कार्यलयहरुमा निगरानी बढाउने , बिकास निर्माणमा देखिएका बेथिति , ढिला सुस्ती रोक्ने , पालिका र जिल्लाका विभिन्न कार्यालयहरुले कृषि अनुदान बितरण गरिव किशानलाइ बिमुखो बनाइ दलका नेता र समाजका टाठाबाठा पोस्सिदै आएको प्रती कडा रुपमा उत्रिएर मनपरी रोक्ने , गरिव किशान , मजदुरहरुको पक्षमा वाकलत गर्ने लगायतका समाजका बिकृती बिसङ्गती विरुद्ध डटेर अगाडि बढ्न लागिर्को बताए । माउ पार्टी माओवादी केन्द्र गुल्मी जिल्ला सम्बन्री समिति सचिब अशोक थापाले पनि वाइसियललाई भ्रस्टाचार विरुद्धको अभियानमा परिचालन गर्न लागिएको बताए ।

भेलाले सचिब पदमा गोबिन्द हितानलाइ चयन गर्दै २४ सदस्यीय सम्मेलन आयोजक समिति गठन भएको छ ।

त्य्स्तै भेलाले पालिका स्तरिय संयोजक पनि चयन गरि भेला गर्ने निर्ण्स्य गरेको छ । सोही अनुसार छत्रकोट गाउँपालिकाको वाइसीएल संयोजक केशर कडेल चयन भएका छ्न । सह संयोजकमा उनले जेठ २५ गते पालिका स्तरिय कमिटी निर्माणका लागि भेला गर्ने जिम्मेवारी पाएका छ्न ।

गुल्मिदरबारमा गगन तरामु संयोजक र सह संयोजकमा प्रकाश सुनार चयन भएको छ । त्यहाँ जेठ २७ गते भेला गर्ने मिति तोकिएको छ । रुरुक्षेत्रमा अर्जुन भण्डारी र निरज परियार संयोज र सह संयोजकमा चयन भएका छ्न । त्यहाँ जेठ १५ गते र मालिकामा पनि सोही दिन भेला हुने भएकोछ । मालिकामा दल बहादुर बिक र चन्द्रकान्त अर्याले क्रम्श नेतृत्व पाएका छ्न । कालिगण्डकिमा गगन राना र डिलाराम रानाले नेतृत्व पाएका छ्न ।
सत्यवतीमा र मदानेमा जेठ १७ गते भेला बस्ने भएकोछ । ती दुई पालिकामा क्रमशः महेन्द्र भण्डारी , कमल घर्ती , शरद जिसि , र युवराज चन्दले नेतृत्व पाएकोछ । रेसुङ्गा र धुर्कोटमा जेठ २३ गते भेला गर्ने जनाइएको छ । ती दुई पालिकामा लक्ष्मण घर्ती , सन्दिप बिक र सुमन थापाले नेतृत्व पाएका छ्न । इस्मा र मुसिकोटमा चयन गर्न बाकी रहेको सो सङ्गठनले जनाएको छ । विशेष भेलामा माओबादि केन्द्र लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य ज्ञानकुमार बुढाको प्रमुख अतिथी , जिल्ला पार्टी सचिव अशोक थापा, क्षेत्र नम्बर १ ख प्रदेश ख कि संयिजक गिता थापा , वाइसीएलका जिल्ला इन्चार्ज नारायण चन्दको बिशेष आतिथ्यता रहेको थियो ।

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता