वडा कार्यालयले भन्यो ,पुर्ण सरसफाई अभियानमा अनियमितता गर्नेलाई कारबाही गर



११ भदौ, गुल्मी ।

मालिका गाउँपालिकाको वडा नम्वर ८ मर्भुङ्गमा सञ्चालित पूर्ण सरसफाई अभियानमा अनियमितता गर्नेलाई वडाले कारबाहीको माग गरेको छ ।

मर्भुङ्ग स्वास्थ्य चौकीद्वारा सञ्चालित पूर्ण सरफाई अभियानमा मनपरी र बेथिति भएको समाचार सल्लेरी खबर लगायत अन्य सञ्चार माध्यममा प्रशारण तथा सम्प्रेषण भएपछि वडाले चासो देखाउँदै आज खेद प्रकट समेत गरेको छ ।

पूर्ण सरसफाई अभियानमा केन्द्र सरकारले १० लाख खर्चे पनि रकमको सहि सदुपयोग नभएको चौर्फीक गुनासो आएपछि विभिन्न सञ्चार माध्यमले समाचार लेखेका थिए ।

केही समय पहिलासम्म स्वास्थ्य चौकीको अनियमितता तथा मनपरीप्रति संरक्षण गरे जस्तो देखिने वडाले पछिल्लो समय भने सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

शुक्रबार वडा अध्यक्ष टीका बहादुर जिसीले हस्ताक्षर गरेको खेद प्रकट प्रस्ताव पत्रमा ‘पूर्ण सरसफाई अभियानमा वडा समितिको कुनै पनि संग्लनता छैन, यदी यस कार्यक्रममा अनिमितता भएको भए छानबनि गरी दोषी माथी कारबाही होस् । हामी सम्बन्धित निकायलाई अनुरोध गर्दछौँ ।’ भनि उल्लेख गरिएको छ ।

पूर्ण सरसरफाई अभियानमा मनपरी र बेथिति भएको समाचार सल्लेरी खबरले भदौ ३ गते सम्प्रेषण गरेपछि मर्भुङ्ग स्वास्थ्य चौकीले आफूँखुसी प्रेस विज्ञप्ती र गैरजिम्मेवारी ढंगले खर्च विवरण सार्वजानिक गरेको थियो ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता