वडा अध्यक्ष पदका उम्मेदवार कुँवरका यस्ता छन् ,आठ चुनावी एजेण्डा !



बैशाख २७ गुल्मी ।

देश अहिले निर्वाचनमय बनेको छ । दलका उम्मेदवार हरुले घरदैलो अभियानलाई अन्तिम चरणमा पुराएका छन । मत माग्न विभिन्न एजेन्डा बोकेर जनतामा पुगेका उम्मेदवारहरुका चुनावी बाचा फरक फरक छन । त्यस्तै जिल्लाको इस्मा गाउँपालिका एक मा नेपाली काङ्ग्रेसको तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार बनेका शेर बहादुर कुँवरले आफ्ना ८ वटा चुनावी एजेन्डा रहेको बताएका छन । इस्मा गाउँपालिका एकलाई समृद्ध बनाउन आफुले ८ वटा एजेन्डा अगाडि सारेको उनको भनाई रहेको छ ।

शुसासन पारदर्शिता र जवाफदेहिताका लागी शिघ्र र सेवा तिव्र विकास गर्ने प्रतिबद्धता ,वडा भित्रको ६७ किलोमीटर बाटोको स्तरउन्नती गर्ने ,कृषि क्रान्ति अभियान अन्तर्गत सबै कृषकलाई समेट्ने,वडामा गुणस्तरीय शिक्षा प्रदान गरी गुणस्तरीय शिक्षाको लागी शहर जाने प्रचनलाई रोक्ने,बाढिपहिरोले क्षति पुर्याउने ठाउँमा सुरक्षित आवासर पुर्वतयारीका कार्यक्रम सञ्चालन गर्ने ,खानेपानी,विधुतीकरण, सञ्चार ,सुरक्षा निकाय लगायतका क्षेत्रलाई संस्थागत विकास गर्ने ,वडा भित्र सुरक्षित स्वास्थ्य सेवाको लागी पहल गर्ने र युवा पुस्ताले आफ्नै गाउँको माटोमा गरेको मेहनतको उचित मुल्यांकन बजारिकरण गरी स्वरोजकारका कार्यक्रम बढाउने मुख्य एजेन्डा रहेको कुवरले उल्लेख गरे । आफनो कर्म तथा ईमान्दारीतालाई इस्मा एकका जनातले उचित मुल्यांकन गरी भारी बहुमतले विजय गराउने विश्वास आफुमा रहेको उनको भनाई छ ।
समाजशास्त्रमा मास्टर डिग्री गरेका कुँवर बौद्धिक तथा स्वच्छ छविका नेताका रुपमा परिचीत छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता