लोडसेडिङको अन्त्य प्रधानमन्त्रीको परिकल्पनाले मात्रै सम्भव भयो : मन्त्री ज्ञवाली



१ असोज, गुल्मी ।

नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालमा लोडसेडिङको अन्त्य प्रधानमन्त्रीको परिकल्पना र सङ्कल्पको कारण भएको बताएका छन् । कोभिड १९ परीक्षण प्रयोगशाला उद्घाटन गर्ने गृह जिल्ला गुल्मी पुगेका मन्त्री ज्ञवालीले पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

कुलमान घिसिङको पुनः नियुक्तिको विषयमा सञ्चारकर्मीले उठाएको जिज्ञासा मेटाउँदै मन्त्री ज्ञवाली भने, “प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट करिब नियमित रूपमा ४०० मेगावाट विद्युत् आपूर्ति हुने आधार तय गर्नाले नै आज लोडसेडिङ हटेको हो”। मन्त्री ज्ञवालीले थपे, ‘विभिन्न समयमा जिम्मेवार समालेका ऊर्जा मन्त्रीहरू र कुलमानको व्यवस्थापकीय क्षमताले लोडसेडिङ मुक्तको लागि क्षमता पुराएको छ ” ।

साथै, फरक प्रसङ्गमा मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्मै सरकार चलाउने उल्लेख गरेका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पाटी र ओलीले सरकार चलाउने सहमति जस्तै भएको उनको भनाई छ । साथै, मन्त्रीमण्डल भने पुनः गठन हुने उनको सङ्केत रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता