लुम्बिनी प्रदेशका मन्त्री राना, काङ्ग्रेस उपसभापति श्रेष्ठ र गुल्मी काङ्ग्रेस बीच अन्तरक्रिया



सन्तोष महतारा -माघ ०३ गुल्मी ।

नेपाली काङ्ग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशकाका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर राना, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ र नेपाली काङ्ग्रेस गुल्मीबीच अन्तरक्रिया गरिएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन गुल्मी आएका काङ्ग्रेस नेता रानासँग नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति श्रेष्ठ र नेपाली काङ्ग्रेस गुल्मीबीच अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियाको क्रममा गुल्मी अस्पतालको नाजुक अवस्था, जिल्लाका अन्य विकास निर्माणका योजनाहरु, लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको निर्वाचन, आउँदो स्थानीय तह र प्रदेशको निर्वाचन, ५ दलीय गठबन्धनको प्रदेश तहको अवस्था र समसामयिक बिषयवस्तुको सम्बन्धमा छलफल गरिएको नेपाली काङ्ग्रेस गुल्मीले जनाएको छ ।

नेपाली काङ्ग्रेस गुल्मीले उर्जा, जलस्रोत र सिँचाइ सम्बन्धि गुल्मीमा भएका समस्याहरु मन्त्री रानासामु राखेका थिए । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले मन्त्रालयबाट गुल्मीसहित समग्र लुम्बिनी प्रदेशमा जनताको भावना बुझेर सहयोग गर्न आग्रह गरेका थिए ।

नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले गुल्मी जिल्लाबाट प्रदेश तथा केन्द्रमा पटकपटक थुप्रै मन्त्रीहरु बनेपनि सर्वसाधारणको जीविकोपार्जनसँग जोडिएर केही काम नभएकोले त्यसतर्फ प्रदेशले ध्यान दिनको लागि मन्त्री रानालाई आग्रह गरेका थिए । जिल्ला सभापति पन्थीले विकास निर्माणको सन्दर्भमा प्रदेशभर एकैनाशले अघि बढ्न आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रानाले आफ्नो मन्त्रालयबाट हुने सबै काम पारदर्शी, समानुपातिक तथा जनताको भावना अनुरुप काम हुने बताएका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता