रेसुङ्गा विमानस्थलबाट व्यवसायिक उडान सुरु



अनिल खत्री
२९ वैशाख, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ । शुक्रवार नेपाल एयरलाइन्सको (नाइन एन एबिटी) कल साइनको जहाजले व्यवसायिक उडान गरेको हो ।
काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान भएको थियो । चालक दलका सदस्य बाहेक १३ जना यात्रु ल्याएको रेसुङ्गा विमानस्थलका एयर ट्राफिक कन्टोलर आयुशा कार्कीले बताउनुभयो । रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि १४ जना यात्रु लिएर ७ बजेर ४५ मिनेटमा उडान भएको उनको भनाई छ ।
अब रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलवार र शुक्रवार उडान हुनेछ । व्यवसायिक उडानमा पहिलो पटक यात्रा गरेका रेसुङ्गा नगरपालिका वडानम्बर–४ का धनिश्वर गौतमले यात्रा निकै आनन्दपूर्ण रहेको बताउनुभयो ।
व्यवसायिक उडान सुरुहुनुले अब जिल्लामा पर्यटकहरु पनि भित्रिने यहाँका व्यवसायिहरु आशा रहेको छ ।
रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ लाग्नेछ । त्यस्तै काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
अब हस्पताको २ दिन मंगलवार र शुक्रवार काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने समय तालिका रहेको छ । रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुनेछ ।
काठमाडौंबाट रेसुङ्गा विमानस्थल सम्मको दुरी ५० मिनेटको रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ ।
जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटो पटि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलमा गत वैशाख १५ गते नेपाल एयरलाइन्सको १८ सिट क्षमताका जहाजले परिक्षण उडान गरेको थियो ।
त्यस्तै गत पुस महिनाको २४ मा तारा एयरको १८ सिट क्षमताको जहाजले प्रर्दशन उडान गरेको थियो । विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाजले धुले उडान गरेको थियो ।
०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । तर ०६३ सालमा शिलान्यास भएपनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो ।
रेसुङ्गा विमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो ।
विमानस्थलमा हालसम्म निर्माणमा करिव ३५ करोड खर्च भईसकेको छ । रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरि १४ घर बस्ति बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि गरिएको छ ।
विमानस्थलबाट गुल्मी जिल्लासंगै जोडिएका जिल्लाहरु अर्घाखाँची, प्यूठान, बाग्लुङ्ग, पाल्पा र स्याङजा जिल्ला सम्मका नागरिकले सेवा लिन सक्नेछन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता