रेसुङ्गा बहुमुखी क्याम्पसको लागि १५ करोडका संरचना बन्ने



हुमाकान्त पोखरेल, गुल्मी-०३ साउन ।

रेसुङ्गा बहुमुखी क्याम्पसमा १५ करोडका संरचना बनाउन छलफल सुरु गरिएको छ । क्याम्पसको लागि आवश्यक होस्टल लगायतका संरचनाको निर्माणको लागि सरोकारपक्षसँग छलफल थालिएको हो । ०७२ मा गएको भुकम्प र त्यसपछिका पराकम्पले क्याम्पसको प्रशासनिक भवन र प्रध्यापक निवासको क्षति भएको विवरण क्याम्पसले तत्कालिन जिल्ला शिक्षा कार्यालयमार्फत राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पेश गरेको थियो । यसको थालनी गर्ने काम गुल्मीका तत्कालिन प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले गरेका थिए । त्यसैका आधारमा अहिले शिक्षा मन्त्रालयले भारतको एक्जिम बैंकसँग रकमको सम्झौता गरी विश्वविद्यालय र विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुको लागि भुकम्प पछिको पुननिर्मणको काम हुने भएको हो । सोही कार्यक्रमअन्तरगत रेसुङ्गा बहुमुखी क्याम्पसमा पनि १५ करोड बराबरको भौतिक संरचना निर्माण हुन लागेको हो ।

संरचना निर्माणको लागि क्याम्पसमा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, उप–प्रमुख अमृता देवी कुँवर, वडा नम्बर १ का अध्यक्ष रामप्रसाद पन्थी, क्याम्पसको संचालक समिति, प्रशासन लगायत सरोकारपक्षसँग इन्जिनियरहरुले छलफल गरेका छन् । त्यसका साथै उनीहरुले जग्गाको क्षेत्रफल समेत अवलोकन गरेका छन् । छलफलमा दुईवटा आर्किटेक एवम् एक÷एक जना सिभिल र निर्माणसँग सम्बन्धित इन्जिनियर सहभागि भएको क्याम्पस प्रमुख हरी बहादुर खत्रीले जानकारी दिए ।

छलफलमा क्याम्पस प्रशसनले एक सय जना अट्ने होस्टलसहितको भवन, शैक्षिक एवम् लाइब्रेरी भवन, खेलकुद मैदान, कभर्ड हल लगायतका संरचना बनाउने गरी धारणा राखेको क्याम्पस प्रमुख खत्रीले जानकारी दिए । अहिले क्याम्पसको नाममा ६२ रोपनी भन्दा बढी जग्गा छ । त्यसमध्ये कुल १८ रोपनी जग्गामा संरचना निर्माण हुने खत्रीले बताए । नगरपालिकाको वडा नम्बर ७ स्थित साखिने डाडा र वडा नम्बर २ को कार्यालय नजिकैको जग्गामा संरचना निर्माण हुनेछन् । अहिले गरिएको छलफलको आधारमा इन्जिनियरहरुले कम्तिमा छ महिनाभित्र डिजाइन र इस्टिमेटसहितको रिपोर्ट पेश गर्नेछन् । त्यसपछि डिपिआर तयार निर्माणको काम सुरु हुने क्याम्पसले जनाएको छ ।

उक्त संरचना शिक्षा मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले अनुगमन एवम् रकम भुक्तान गर्नेगरी निर्माण हुनेछन् । आयोजना कार्यान्वयन इकाईले निर्माणसँग सम्बन्धित कामको लागि परापर्श दाताको रुपमा शिल्ट कन्सल्टेन्ट प्रालि, इन जेभि विथ किरियटिभ डिजाईन आर्किटेक प्रालि र इभर सेफ इन्जिनियरिङ्ग कन्सलटेन्सी प्रालिसँग समन्वय गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता