रेसुङ्गा बहुमुखी क्याम्पसका विद्यार्थीले बुझाए क्याम्पस प्रमुखलाई ध्यानाकर्षणपत्र



भदौ -१५ गुल्मी ।

गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । क्याम्पसमा स्नातक तहको शिक्षा संकायमा विज्ञान बिषय अध्ययन गर्ने विद्यार्थीहरुले क्याम्पस प्रमुख हरि बहादुर खत्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । आगामी समयदेखि क्याम्पसमा विज्ञान बिषय अध्यापन नगर्ने, भर्ना यसै क्याम्पसमा गराई अन्यत्र क्याम्पसका शिक्षकहरुद्धारा अनलाईन कक्षा पढाउने तर शुल्क भने यसै क्याम्पसमा बुझाउने लगायतका चर्चाले हामी विद्यार्थीहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ । स्नातक तहको पहिलो वर्ष र दोस्रो वर्षमा शिक्षा संकायको विज्ञान बिषय अध्ययन गर्ने ३२ जना विद्यार्थीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विद्यार्थीमाथि आर्थिक भार थप्दै विद्यार्थीहरुको भविष्य अन्धकारमा धकेल्ने क्याम्पसको निर्णय सरासर गलत, निन्दनिय र विद्यार्थी हितविपरित भएको उल्लेख गरिएको छ । क्याम्पसमा भर्ना भएर अहिले स्नातक तहको पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई काठमाडौं, बुटवल र पाल्पाबाट अनलाइन कक्षा पढाउने बहाना बनाएको, अहिले पढाइरहेका शिक्षकलाई बहिर्गमन गरेको र सम्पूर्ण विद्यार्थीलाई कोरोना साम्य भएको स्थिति पछि अनि अनलाइनको बहाना क्याम्पसले बनाएका कारण आफुहरुले ध्यानाकर्षण पत्र बुझाएको स्नातक तहको प्रथम वर्षमा अध्ययनरत विद्यार्थी सन्तोष महताराले बताए ।

आम विद्यार्थीहरुको चाहानालाई मध्यनजर गर्दै क्याम्पसकै शिक्षकहरुद्धारा विद्यार्थीलाई नियमित तरिकाले अध्यापन गराइयोस् । यदि यो पत्रलाई बेवास्ता गरेमा जस्तोसुकै आन्दोलन गर्न विद्यार्थी तयार रहेको र त्यसको जिम्मेवारी स्वयं क्याम्पस हुने जानकारी गराउँछौँ । ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै क्याम्पस प्रमुख हरि बहादुर खत्रीले अहिले केही समस्याका कारण अन्यत्रका शिक्षकहरुबाट अनलाइन कक्षा पढाएको भन्दै कोरोना साम्य भएको स्थितिमा भौतिक रुपमा क्याम्पसमै शिक्षकहरु पढाउने व्यवस्था मिलाउने बताए ।

विज्ञान बिषय अध्यापन गराउने शिक्षकहरुसँग तलबको बिषयमा कुरा नमिलेका कारण हाल अध्यापन गराउने शिक्षकहरुले नपढाउने सम्भावना बढेको भन्दै अन्य शिक्षकहरू बाट पढाइ हुने क्याम्पस प्रमुख खत्रीले प्रतिक्रिया दिए । स्नातक तहको शिक्षा संकाय तर्फ विज्ञान बिषय अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता