रेसुङ्गा क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका घिमिरे निर्वाचित !



अनिल खत्री-६ चैत, गुल्मी ।

गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित भएका छन् ।

एमाले निकट अखिल र माओवादी केन्द्रको अखिल (क्रान्तिकारी)को गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् ।
सोमबार राति सम्पन्न मतगणनाको परिणम अनुसार घिमिरेले ३९५ मत ल्याएर विजयी भएको रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत यमबहादुर क्षेत्रीले बताए ।

सभापतिका प्रतिस्पर्धी अनेरास्ववियुका नवीन अर्यालले २६८ मत ल्याएर पराजित भएका छन् ।
सचिवमा नेविसंघकै सुदीप खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा पनि नेविसंघका यमुना सेनले ३८५ मत ल्याएर निर्वाचित भइन् ।

खुल्ला ५ सदस्यमा नेविसंघकै उम्मेदवार निर्वाचित भएका छन् ।

क्याम्पसमा रहेका ७६१ जना विद्यार्थीमध्ये ६७१ जनाले मतदान गरेका थिए । रेसुङ्गा क्याम्पसमा ८८ प्रतिशत मतदान भएको थियो ।

क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच तालमेल भएको थियो । नेविसंघ एक्लै चुनावी प्रतिस्पर्धामा गरेको थियो ।

०७३ सालमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले सभापतिसहित जितेको थियो । तर, यसपटक गठबन्धन गर्दा पनि अनेरास्ववियु पराजित भएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता