रेसुङ्गा क्याम्पसको मनोमानीविरुद्ध अनेरास्ववियूको विज्ञप्ती



गुल्मी ,०८ मंसिर ।

रेसुङ्गा बहुमुखी क्याम्पसको मनोमानिविरुद्ध नेकपा निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले विरोध जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै संगठनले क्याम्पसमा पछिल्ला दिनमा विधिको उल्लघंन गरि स्वेच्छाचारी ढङ्गले एक बर्ष अगावै अवकाश प्राप्त प्राध्यापक कुञ्जरमणी गौतमलाई संचालक समितिको निर्णयबाट पुनः हाजिर गराउने निर्णयले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियू क्याम्पस कमिटी संयोजक हुमाकान्त पोखरेल र बिमल छन्तेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा क्याम्पसबाट अध्ययन बिदामा गएका तर विदा अवधि सकिएको लामो समयसम्म हाजिर हुन नआएका प्राध्यापक कुञ्जरमणी गौतमलाई क्याम्पसमा हाजिरी गराउने उक्त कार्य गैरकानुनी मात्र नभई क्याम्पसमा अध्ययनरत आम विद्यार्थीको शैक्षिक भविष्यमाथि गरिएको खेलवाड, क्याम्पसको सिँङ्गो शैक्षिक भविष्यलाई अध्यारोमा धकेल्ने तथा आम समुदायमा क्याम्पसको विश्वास गिराउने घृणित राजनीतिक षड्यन्त्र भएको आरोप लगाएको छ ।

साथै कोभिड – १९ कारण पठन–पाठन ठप्प रहेको अवस्थामा क्याम्पसलाई व्ययभार थप्नेगरी राजनीतिक स्वार्थ सिद्धिका लागि जनताको सम्पत्तिको रुपमा रहेको क्याम्पसलाई दुरुपयोग गरी संचालक समितिमा बहुमतको आडमा राजनीतिक कृडास्थलको रुपमा विकास गर्न थालिएकोमा अनेरास्ववियूले विज्ञप्तीमार्फत असहमति जनाएको छ । ‘अवैध ढङ्गले विधि, क्याम्पस संचालनको लागि बनेको नियमावली मिचेर प्राध्यापक कुञ्जरमणी गौतमलाई हाजिर गराउने निर्णय फिर्ता लिन जोडदार माग गर्दछौँ ।’ विज्ञप्तीमा भनिएको छ । साथै अनेरास्ववियू शिक्षा क्षेत्रमा विद्यमान विकृति, विसङ्गती तथा अनियमितताको विरुद्धमा निरन्तर सङ्घर्षरत रहेको र राष्ट्रियता, जनजिविका तथा सुशासन प्राप्ति आफुहरुको अभिष्ट भएकोले कोरोना महामारीका कारण भएको लकडाउनको अवधिमा क्याम्पसमा पठन–पाठन नभएकोले विद्यार्थीहरुबाट शिक्षण शुल्क नलिन समेत जोडदार माग गरेको छ । अन्यथा विद्यार्थी हितको पक्षमा संगठनले संचालन गर्ने सङ्घर्षबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन र संचालक समिति हुने पनि अनेरास्ववियू रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीको विज्ञप्तिमा जनाइएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता