रेसुंगामा भारी हिमपात भएपछि आन्तरिक पर्यटकको घुँईचो !



पुस- १५ गुल्मी ।

गुल्मीको र्एतिहासिक तथा धार्मीक स्थल रेसुंगामा हिँउ परेपछि बिहिबार रेसुंगामा आन्तीरक तथा बाह्य पर्यटकको भिडभाडनै लाग्यो ।
हिँउमा रमाउन ,खेल्न र हिँउ संगै फोटो खिच्न बालबालिका देखी युवायुवतीलाई भ्याई नभ्याई थियो । प्राकृतिक सुन्दरता र धार्मीक महत्वले भरिएको रेसुंगामा हिँउ पर्दा यसले झन रेसुंगाको महत्व बढाएको आन्तरिक पर्यटक सुनिल सुनवालले बताए ।

समुन्द्री सतह देखी २३०० मिटर अग्लो स्थानमा रहेको रेसुंगामा पछिल्ला वर्षहरुमा लगातार हिँउ परिरहेको छ । यस वर्ष परेको रेसुंगाको हिँउमा गुल्मेलीमात्रै रमाएन् छिमेकी जिल्ला, तराईका जिल्लाका पर्यटक संगै र बिदेशी पर्यटक समेत हिँउ संगै रमाए ।
रेसुंगामा थप विकास र हिँउ पर्दा हिँउ संगै खेल्ने साम्रगी भए धेरै आन्तरिक पर्यटक बढ्ने स्थानीयको भनाई रहेको छ ।

हिमपातकै कारण रेसुंगाको आन्तीरक पर्यटकमा वृद्धी भएको रेसुंगा मन्दिरका पुजरी कृष्ण प्रसाद पन्थीले बताए । बुधवार र बिहिबार गरी दश हजार भन्दा धेरैले हिँउको अवलोकलन गरेको पन्थीले उल्लेख गरे ।

र्एतिहासिक तथा धार्मीक स्थलले भरिपुर्ण रेसुंगामा वर्षको दुई पटक मात्रै मेला लाग्ने गर्दछ जुन पर्यटन प्रर्वद्धनको लागी प्राप्त नभएको स्थानीयहरु बताउछन् । पर्यटन संगै बृहत्तर विकासको लागी समय समयमा प्रकृतीले साथ दिईरहेको छ भने यसको थप विकासको लागी स्थानीय सरकारले केही सोच्नु पर्ने देखिन्छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता