रूरूक्षेत्र गाउँपालिका गुल्मीका कृषकले सहुलियतमा ऋण पाउने



टोपराम केसी भाद्र २५ गुल्मी ।

रुरु क्षेत्र गाउँपालिका गुल्मी र प्रभु बैंक विच कृषक लाई सहुलियतपूर्ण ऋण प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैंक ले राष्ट्र बैंक को सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान एकिकृत कार्यविधि २०७५ अनुसार रुरु क्षेत्र गाउँपालिका का कृषक लाई ऋण दिने भएको हो ।
रुरु क्षेत्र गाउँपालिका तथा हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग मा सामाजिक स्रोत विकास केन्द्र नेपाल द्वारा संचालित कृषि तथा पशु उद्यमसिलता विकास परियोजना को सहयोग र सहजिकरणमा गठन भएको समूह सहकारी का साथै गाउँपालिका भित्रका सबै कृषि उद्यमी लाई व्यवसाय का आधारमा ऋण दिने छ ।
५० हजार देखि ५ लाख सम्म वडाले सिफारिस गरेका व्यवसायीक कृषकलाई गाउँपालिका ले सहुलियत ऋण प्रदान गर्न बैंक लाई सिफारिस गर्ने छ ।
ऋणीले तिरेको ब्याजदरमा ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशत अनुदान समेत उपलब्ध गराइने छ ।
उद्यमशीलता विकास वितीय पहुंच सहुलियतपूर्ण कर्जा प्रवाह का लागि गाउँपालिका र बैंक बिच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवाली ले यस कार्यक्रम को प्रभावकारिता हेरी आगामी बजेटमा यस विषयमा गाउँपालिकाले पनि कार्यक्रम आगाडी बढाउने बताउनु भयो ।
कृषकलाई प्रोत्साहन गर्न बैंक ले ऋण प्राप्त गर्ने प्रक्रियालाई बोझिलो र झन्झटिलो नबनाई प्राथमिकताका साथ साथ, सहयोग दिन आग्रह गर्नु भयो ।
उपाध्यक्ष मिना गौतम ले हेफर र एस।आर।डी।सि।एन रु रु बम्घा मा सबैको पहुंच मा पुर्याउन आग्रह गर्दै कृषकको मन जित्न अनुरोध गर्नु भयो ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौड्याल ले नयाँ कामको थालनी गरिएको बताउँदै सहिलिएत पूर्ण कर्जा ले उद्यम सिर्जना गरी अधिकांस कृषक लाई उत्पादन वृद्धि मा जोड्ने विश्वास वेक्त गर्नु भयो ।
प्रभु बैंक रानीवास शाखा प्रमुख नवीन बस्यालले सम्झौताका प्रावधानमा प्रकाश पार्नु भएको थियो । एस।आर।डी।सि।एन का चोपलाल गिरीले कार्यक्रम मा स्वागत गर्दै हेर्दा सुन्दा सामान्य लागे पनि कार्यक्रम जटिल भएको के सूक्ष्म ढंगले कार्यक्रम कार्यान्वयन गर्दै गाउँपालिका लाई कृषि उपज मा आत्मनिर्भरता तर्फ उन्मुख बनाउन सबैले उत्साह पूर्ण ढंगले काम गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रम को सहजिकरण रु रु क्षेत्र गाउँपालिका कृषि तथा पशु उद्यमशीलता विकास परियोजना कार्यक्रम संयोजक सम्भु पन्थी ले गर्नु भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता