रुरुक्षेत्र गाउँपालिकाले थाल्यो मुख्य बजार क्षेत्रमा अनुगमन



टोपराम केसी भदौ २४ गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले मुख्य बजार क्षेत्रमा अनुगमन कार्य सुरु गरेको छ ।
गाउँपालिकाको रिडी बजार,बलेट्क्सार र रानिबास स्थित बजार क्षेत्रमा हिजो देखि अनुगमन थालिएको अनुगमनमा खटिनु भएका कम्प्युटर अप्रेटर दामोदर ज्ञवालीले बताउनु भयो ।
रुरु क्षेत्र गाउँपालिका गुल्मीको आयोजना र खाद्य-प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय पाल्पाको उपस्थितमा अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन कार्यक्रमकी संयोजक मिनादेबि गौतमले बताउनु भयो। अनुगमन कार्यक्रममा प्रायस् गरि म्याद गुज्रिएका खाद्य सामाग्री,पेय पदार्थ,जुस,सोयाबिन,सुजि लगायतका सामाग्रीहरु टोलिले जफत गरेको थियो ।

अनुगमनमा दर्ता नै नगरी पसल सञ्चालन गरिएको,एकको नाममा अर्को व्यक्तिले पसल सञ्चालन गर्ने गरेको,बिना लेबल नै सामाग्रीहरु बिक्रि वितरण हुने गरेको,होटलमा सरसफाइ नै नभएको,समयमा कर दाखिला नगरिएको,समयमा सम्वन्धित स्थानमा नवीकरण नगरिएको, मुल्य सुचि नै नराखी पसल सञ्चालन गर्ने गरेको पाइएकाले एक सातासम्म कमजोरी लाई सुधार गर्ने अवसर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताउनु भयो ।

अध्यक्ष ज्ञवालीले ब्यापारी वर्गहरुलाइ सार्बजनिक स्थान तथा नाली माथी पसल तथा फलफुल,तन्दुरि,भट्ति समेत सञ्चालन नगर्न सचेत गराउनु भएको थियो।
यस्तै अनुगमन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत मधु कृष्ण पौड्याले हरेक पसलहरुलाई सल्लाह सुझाव प्रदान गर्दै सामान खरिद गर्दा अनिवार्य रुपमा बिल जारी गर्नु पर्ने,म्याद हेरेर मात्र सामान खरिद बिक्रि गर्नु पर्ने,स्वास्थ लाई असर पार्ने खालका खाद्यान्न तयार गरि बिक्रि नगर्न आग्रह गर्नु भयो।
टोलिमा खटिनु भएका खाद्य अनुसन्धान पाल्पाका अधिकृत नरेस श्रेष्ठले तयार गरि बजारमा बिक्रि गर्न्न राखियका खाद्यमा रसायनिक केमिकल बढदो भएकोले यसलाई प्रयोग नगर्न र बिल तथा नापतौल लाई ठिक तरिकाले सञ्चालन गर्न आग्रह गर्नु भयो।

अनुगमन कार्यक्रममा जन प्रतिनिधी,कर्मचारी,पत्रकार, उद्योग बाणिज्य संघका पदाधिकारीहरु,सुरक्षा निकाय, व्यापारी प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

टोलिले जफत गरेका सम्पुर्ण सामाग्रीहरु हिजो नै ईलाका प्रहरी कार्यालय रिडीको परिसरमा नष्ट गरी सकेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता