रुरुक्षेत्रको बोल्ड निर्णय,राज्यको सेवा सुविधा लिने सबैले सामुदायिक विद्यालयमा पढाउनु पर्ने !



बैशाख २२ गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले बोल्ड निर्णय गरेको छ । बैशाख ७ गते बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । यो निर्णय सङै अब रुरुक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि ,गाउँपालिका भित्र कार्यरत राष्ट्र सेवक कर्मचारी तथा शिक्षकहरुले आफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने छ ।
शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि सो निर्णय गरिएको अध्यक्ष यदु ज्ञवालीले बताए ।

कार्यपालिका बैठकमा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा महिला सदस्यले राखेको यो प्रस्ताव सर्वसम्मत पास भएको अध्यक्ष ज्ञवाली उल्लेख गरे ।
त्यस्तै यता निर्णय कार्यान्वयनको लागि गाउँपालिका कडाइका साथ लागेको शिक्षा शाखाका प्रमुख झवीलाल विकले बताए ।
सम्पुर्ण वडा कार्यालय , विद्यालय तथा सम्बन्धि ठाँउमा पत्रचार गरिएको र निर्णयलाई प्रभावकारी बनाउन गाउँपालिकाको टिम लागि परेको उनले बताए ।
साथै निर्णय कार्यान्वयनमा चुनौती रहेतापनी १/२ दिन भित्रै नतिजा देखिने गरि काम गरिरहेको शिक्षा शाखाको दावी रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता