रुद्रावेणीधामका कल्पबासीलाइ कोरोना विरुद्धको खोप प्रदान



माघ २४ गुल्मी ।
गुल्मीको सत्यवती गाउँपालिका स्थित रुद्रवेणी धामका कल्पबासी अर्थात वृद्धवृद्धालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
शनिवार ४८ जना वृद्धवृद्धा सहित ६० जनालाई कोरोना विरुद्धको खोप प्रदान गरिएको सत्यवती गाउँपालकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।
अध्यक्ष ढकालका अनुसार आश्रम बस्दै आएका ४८ जना वृद्धवृद्धा र १२ जना वृद्धावृद्धको स्याहार सुसार गर्ने तथा भान्सेहरुलाई कोरोना विरुद्धको खोप प्रदान गरिएको हो ।
त्यस्तै गुल्मीमा शनिवार देखी कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सकिएको छ ।
जिल्लाका स्वास्थ्यकर्मी, महिला स्यंयसेवीका, निजि मेडीकलमा कार्यरत स्वास्थ्यकर्मी तथा शव व्यवस्थापनमा घटिएका सुरक्षाकर्मी गरि एक हजार सात सय ४५ जनालाई कोरोना विरुद्धको पहिलो चरणको खोप प्रदान गरिएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता