रिडी रुद्रवेणी सडक खुल्न अझै ३ दिन लाग्ने



गुल्मी

कालि गण्डकी करिडोर अन्र्तगत रिडी रुद्रवेणी सडक खण्डको विष्णु पञ्जरमा झरेको पहिरोका कारण अवरुद्ध सडक एक हप्तादेखी सुचारु हुन सकेको छैन । सडक अवरुद्ध हुंदा सावरी आवागमन तथा ढुवानीका साधन हरु सञ्चालनमा असर परेको छ ।यहि सडक भएर ढोरपाटन ,वुर्तिबांग ,वामीटक्सार ,शान्तिपुर लगाएतका ठाउंहरुमा खाद्धान्नको ढुवानीे तथा यात्रुहरुको आवागमन हुने गरेकोमा करिव एकसाता देखी पहिरोका कारण सडक ठप्प छ ।

सडक सञ्चालन नभएपछि ठुला सवारी तथा ढुवानी का साधनहरु मुसिकोट तथा तम्घास लगाएतका बैकल्पीक वाटो प्रयोग गरी सञ्चालन भएका छन भने साना सवारी साधन हरु याडुंग ,बेसीचौर ,जौखोला ,रातामाटाकको वाइपासको प्रयोग गरी सञ्चालन भएका छन ।

सडक अवरुद्ध भएपछि नेकपा गुल्मीका सचिवालय सदस्य तथा रुरुक्षेत्र गाउंपालिकाका इन्चार्ज हिमाल श्रेष्टको आग्रह र समन्वयममा मंगलबार विहान देखी पहिरो हटाउन दुइवटा डोजर लगाइएको छ ।आवागमनलाइ सहज बनाउन गाउंपालिका संगै सगुन र राजेश्वरी कन्ट्रक्सन संग समन्वय र आग्रह गरेपछि यतिवेला पुलक्याम्प क्षेत्रवाट राजेश्वरी कन्ट्रक्सनको र रिडी क्षेत्रको सडकमा सगुन कन्ट्रक्सनले व्यवस्थापन गरेको डोजरले काम गरिरहेको हिमाल श्रेष्टले बताउनु भयो ।यहि रफ्तारले काम गरेपनि सडक खोल्न तिन दिन लाग्ने बताइन्छ । पहिरो धेरैमाथि बाट गएको , सडकको धेरैक्षेत्र पुरेको र निरन्तर धुले पहिरो गइरहेको कारण डोजर लागाउन पनि जोखीमको अवस्था रहेको छ ।

=Ruru Fm

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता