रिडीमा किन सोह्र श्राद्ध गर्ने ?



असोज ५ गुल्मी ।

पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथी देखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ ।

यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा चोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिईन्छ । यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ । दशैं र तिहार जस्ता ठुलाचाडपर्वमा अन्य देवतालाई सम्झनुअघि पितृहरुलाई खुशी पार्नु पर्ने परम्परा अनुसार सनातन हिन्दु धर्मावलम्बीबीच सोह्र श्राद्धको महत्व रहेको हो । यो वर्षको सोह्रश्राद्ध आश्विन ९ गते प्रारम्भ भई आश्विन २३ गते समाप्त हुन्छ ।

रिडीमा किन ??

प्रदेश नम्वर पाँचका पहाडी जिल्ला गुल्मी,पाल्पा र स्याङजा संगम स्थल यस क्षेत्रलाई रुरु क्षेत्र धामले वर्णन गरिएको छ । । उत्तर बाट पवित्र तीर्थस्थल दामोदर कुण्ड हुदैं विश्वकै एकमात्र शालिग्रमा पाईने पवित्र कालीगण्डकीले थप पवित्रा थपेको छ । दुई नदिको संगम स्थल यस क्षेत्र लाई नेपालका चार धाम मध्येको एक एक महत्वपुर्ण पवित्र धामको रुपमा लिईन्छ । हिमालय देखी बग्दै आएको काली गण्डकीमा स्नान गरेमा पाप पखालिन्छ भन्ने धार्मीक मान्यता समेत रहदैं आएको छ ।

गयामा गएर पिण्ड दान गर्नु भन्दा कृष्ण (गण्डकी) नदीको किनार रुरुक्षेत्र धाममा श्राद गर्दा सयौं गुण पुण्य प्रात्त हुने कुरा विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । यसै वास्तवीकतालाई हृदयङगम गरेरेको इतिहासका विभिन्न कालखण्डमा ऋषिमुनी एवम विद्धानहरुले श्रीमद्भागवत जस्ता अपुर्व शास्त्रहरु सिर्जना गरेका हुन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता