रिडिमा खुल्ला डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता सम्पन्न



चुरामणी तिमिल्सिना -मंसिर ७ गुल्मी ।

रुरु क्षेत्र रिडिमा मंसिर ५ बाट सन्चालन भएको खुल्ला डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता २०७७ भब्य कार्यक्रमका साथ सम्पन्न भएको छ । अलफ्रेन्डस कलव् रिडीले आयोजना गरेको प्रतियोगितामा ४०टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा बुटवल तामनगरका राजु थापा र बिनोद पौडेलले समूह यमा प्रथम स्थान हासिल गरेका थिए। भने गुल्मी लुम्पेकका झमनको समुहले दुतिय स्थान हासिल गर्न सफल भएका थिए । बिसमुहमा पाल्पा बर्तुङका जीवन र यभिनले प्रथम स्थान हासिल गरे भने लुम्पेकका कृष्ण पुलामिको समुहले दुतिय स्थान हासिल गरेका थिए । कार्यक्रममा रुरु क्षेत्र गाउँ पालिका वार्ड न१ का वार्ड अध्यक्ष रामलाल बिक प्रमुख अतिथी रहनु भएको थियो। समाजसेवी उत्तम बहादुर क्षेत्री क्यापटेन सुरज गुरुङ , पाल्पा ब्याडमिन्टन संघका अध्यक्ष वसन्त बज्राचार्य ईलाका प्रहरी कार्यलय रिडिका प्रहरी सहायक निरक्षक गणेश खनाल सामाजिक अभियान्ताहरु लगायतको सहभागीता रहेको थियो। कार्यक्रम पत्रकार चुरामणी तिमिल्सिनाको सन्चालन कलबका अध्यक्ष प्रमिसराज भन्डारीको अध्यक्षता खेल सम्योजक अमुल्य श्रेष्ठको धन्यवाद मन्तय रहदै कार्यक्रम सम्पन्न भएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता