रिडीका कसजु दम्पतीले गरे धार्मिक संस्थालाइ सिसि क्यामेरा सहयोग



चुरामणी तिमिल्सिना -मंसिर ९ गुल्मी । 

नेपालको चार धाम मध्ये एक धाम रुरु क्षेत्र रिडीमा धार्मिक ,पौराणिक, ऐतिहासिक ,सांस्कृतिक रहन,सहन परम्परा तथा विविध बिषयको जानकारी गराउने तथा संरक्षण गर्ने महान उद्देश्यका साथ वि.स २०७१ साल बैशाख २६ गते रुरु धार्मिक सेवा सन्चार प्रालीको प्रधान कार्यलय रुरु धाम रिडीमा स्थापना गरिएको थियो । स्थापना काल देखिनै नेपालमा यस संस्थाले नौला कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ।
यस संस्थालाई आधुनिकिकरण बनाउन देश तथा बिदेशबाट दिन प्रति दिन निरन्तर सहयोग जुटिरहेको छ। यस कार्यलयका अध्यक्ष लगायतका पधाधिकारिहरुले सामाजिक सम्पदाको संरक्षण अभियान , लोप उन्मुख सन्ख ध्वनि प्रतियोगिता भजन कृतन कार्यक्रम जेष्ठानागरिक ,असल बुहारी, उत्कृष्ट पत्रकार कृषक सम्मानलाई निरन्तरता दिदै आयको छ । सस्थाको आफ्नै भवन नभए पनि समाजसेवी शंकर प्रसाद भट्टराईले आफ्नो निवासलाई निसुल्क रुपमा कार्यलयका लागि आबस्यक पर्ने भबन उपलब्ध गराउदै आउनु भएको छ ।

यस भबन लाई अबका दिन्मा धार्मिक सस्थाले सिसि क्यामेराको निग्रानिमा राख्ने प्रालिको योजना अनुसार सिसि क्यामेराको संख्यामा वृद्धि हुँदै गएको छ यस संस्थाका हरेक गतिविधि आफ्नो परिवारलाई मन परेपछि रिडीनिवासी हाल अमेरिकामा रहनु भएका पुरन कुमार कसजुले आफ्ना पिता बुद्धि बहादुर कसजु र माता चमेली देबि कसजुको पुन्य सन्झनामा रु ७५०० बराबरको १ थान सिसि क्यामेरा , धार्मिक पुस्तकाका लागि रु १० हजार रुपैया र रिडीमा रहदै अरुको जिबन यापनमा महत्त्व पुर्ण सहयोग पुर्याउदै आउनु भएका कृष्ण बहादुर सारुको लागि रु २५०० बराबरको खाध्य सामाग्री प्रदान गर्नु भएको हो । कसजुले यति मात्र नभई दीन दुखिको सेवाका लागि विभिन्न स्थानमामा भोजन गराउदै आउनु भएको छ । उहाले यस कार्यलय लाई  क्यामेरा अपुग भएमा पुन आफ्नो परिवारको तर्फबाट कुनै उत्सवको अवसर पारेर थप १ थान उपलबध गराउने बताउनु भएको छ ।
संस्थाले आफ्नो कार्यलाई सुरक्षाका साथ संचालन गर्ने चार थान सिसि क्यामेरा जडान अभियान अब केही दिनमा दाताहरुको सहयोग बाट नै जुट्नेअपेक्षा समेत राखेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता