राष्ट्रिय सभा सदस्यमा आफूलाई विजयी बनाउन गुल्मीका सुनारको आग्रह



सन्तोष महतारा-गुल्मी, २५ पुस ।

नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्ण सुनारले पत्रकार भेटघाट मार्फत राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन आग्रह गरेका छन् । नेकपा एमाले लुम्बिनी प्रदेशको तर्फबाट राष्ट्रिय सभा सदस्यमा आफ्नो उमेदवारी दर्ता भएको भन्दै सुनारले आउँदो माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा मतदान गरी बिजयी बनाउन पत्रकार मार्फत सबै मतदाताला आग्रह गरेका हुन् ।

राष्ट्रिय सभामा प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले मतदान गर्न पाउँछन् । उनी लुम्बिनी प्रदेशबाट दलितको तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि उमेदवार बनेका हुन् ।

गुल्मीबाट दलित आन्दोलनमा निरन्तर खटेको, सामाजिक आन्दोलनमा निरन्तर खटेको, छुवाछूतको बिषयमा सधैं अग्रमोर्चामा रहेर बिरोध गर्ने र सिङ्गो दलित समुदायलाई माथि उकास्न सुनारको मुख्य भूमिका रहेका कारण नेकपा एमाले गुल्मीले सबै प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति र स्थानीय पालिकाका प्रमुख(उपप्रमुखलाई मतदान गर्न आग्रह गरेको छ ।

उनलाई लुम्बिनी प्रदेश भरका प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुख-उपप्रमुखले मतदान गर्ने छन् । प्रदेश सभा सदस्यको मतभार प्रतिव्यक्ति ४८ र जिल्ला समन्वय समिति र स्थानीय पालिकाका प्रमुख-उपप्रमुखको मतभार प्रतिव्यक्ति १८ रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता