मुसिकोट -३ पेंगामा भलिबल तथा साँस्कृतिक कार्यक्रम हुँदै



असोज ८ गुल्मी ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ पेंगा ठाकीचौरमा विजय दशमीको अवसर पारी खुल्ला क्लब स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । न्यू योङ्ग स्टार युवा क्लब मुसिकोट ३ पेंगाले खुल्ला भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । क्लबले यही असोज १४, १५ र १६ गते कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष अशोक सोमैले जानकारी दिए ।

खुल्ला क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, स्लोबाइक रेस प्रतियोगिता र रस्साकस्सी प्रतियोगिता कार्यक्रमहरु आयोजना गरिएको क्लबका अध्यक्ष अशोक सोमैले बताए ।

भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार ३० हजार, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार २० हजार, मेडल र प्रमाण पत्र, नृत्य प्रथम पुरस्कार ३ हजार, द्धितिय पुरस्कार २ हजार, स्लोबाइक रेस बिजेतालाई ३ हजार र रस्साकस्सी तर्फ लोकल भाले पुरस्कार दिने क्लबका सदस्य बुद्ध बहादुर पाण्डेले बताए ।

त्यस्तै साँस्कृतिक कार्यक्रममा कलाकारहरु विष्णु श्रीपाली, उज्वल गिरी, अर्जुन रायमाझी र अनिल विश्वकर्माको प्रस्तुति रहने पाण्डेले बताए । साथै भलिबल खेलमा ल्ख्ब् खेल खेलिसकेका खेलाडीलाई समावेश नगरिने क्लबले जनाएको छ ।

साथै क्लकले खेल सम्बन्धि नियमहरु समेत सार्वजनिक गरेको छ । जसमध्ये खेललाइ प्रचलित नियम टिटि पद्धतिबाट खेलाइने, खेल समुहमा ९ जना खेलाडी, एक जना कोच र एक जना १ जना टिम म्यानेजरको सहभागिता हुनुपर्ने,खानाबस्नको व्यवस्था सहभागीले आफै गर्नुपर्ने, त्यस्तै खेलमा अनिवार्य जर्सी पोशाकमा उपस्थित हुनुपर्ने, खेलको समयमा चोटपटक लागेमा खेलाडी स्वयं जिम्मेवार हुनुपर्ने,खेलमा मद्दपान सेवन गरि होहल्ला गरेमा खेलबाट निष्कासन गरिने र अन्य केही विवाद भएमा आयोजकको निर्णय नै अन्तिम हुने गरि नियमहरु सार्वजनिक गरिएको छ ।

सामाजिक काममा सक्रिय भएको यस क्लवले विभिन्न समयमा उदाहरणीय काम समाजमा गर्दै आएको छ । क्लबले कार्यक्रमको अवलोकन गर्न सबैमा अनुरोध गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता