मुसिकोटले सक्यो एकैदिन एउटै मञ्चमा तीन कार्यक्रम



प्रेम सुनार
गुल्मी, जेठ २३ । गुल्मीको मुसिकोट नगपालिकाले एकैदिन एउटै मञ्चमा तीन बेग्ला बेग्लै कार्यक्रम सम्पन्न गरेको छ । गत बर्ष अबधीभरको समिक्षा कार्यक्रम, आगमी बर्षको बजेट तथा कार्यक्रम तर्जुमाका लागि े सुझाव संकलन र सार्वाजानिक सुनुवाई कार्यक्रम त्यस पालिकाले एकैदिन एउटै मञ्चमा सम्पन्न गरेको हो ।
त्यस माथी आकस्मीक रुपमा आयोजना गरिएको तिन बेग्लाबेग्लै कार्यक्रम एकै दिन एउटै मञ्चमा सम्पन्न गर्नु आयोजक बाहेकलाई झारा टार्नु जस्तै लाग्नु स्वभाविकै हो ।
त्यस माथी छोटो सुचनाका कारण दलका अगुवा कार्यकर्ता , जनप्रतिनिधी र कर्मचारीहरु शिक्षक बाहेक सर्वसाधरणको उपस्थिती शुन्य प्राय थियो । त्यसका बाबजुद पनि दलका कार्यकर्ताहरुले जवाफदेही निकाय संग ति सर्वसाधरणको समस्या र गुनासाहरु राखी दिदा बिशेषतः सार्वाजाकि सुनुवाई कार्यक्रम कर्मकाण्डी हुनबाट जोगाएका थिए ।
नेकपा एमालेले नेतृत्व गरेको स्थानीय सरकार बिरुद्ध आगो शैलीमा देखिन्थे काग्रेस लगातका विपक्ष दलहरु । तर नगरप्रमुख जिवलाल खरेल जिवनको को शालिन र हंशमुख वाफदेही शैलीलेले कतिपय प्रश्नकर्ताहरु नै नतमस्तक जस्तै देखिन्थे । भन्न त भन्नु भयो तर म चित्त दुखाउन्न भन्दै र हाँस्दै जवाफ दिएका नगरप्रमुख खरेलको प्रस्तुति छक्क पार्ने खालको थियो ।
विपक्षले लगाउने प्रतिवाद दुई फरक शैलीका हन्छ । एउटा आक्रमक र अर्को शालिन जसले प्रश्नकर्तालाई नै नतमस्तक पार्ने । नगरप्रमुख खरेलको प्रस्तुती शालिन शैलीको देखियो र कतिपय प्रश्नकर्ता नतमस्तक जस्तै देखिन्थे ।
खुलासत्र अघि प्रतिपक्ष विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधी गोविन्द सापकोटा, माओवादी केन्द्र मुसिकोटका अध्यक्ष युवराज खरेललाई बोल्न दिईयो । त्यस क्रममा नगरप्रमुखले विपक्षीहरुलाई वाईपास गरेर अगाडी बढेको आरोप लगाए । विप्लवका प्रतिनिधी सापकोटाको भाषाण ध्वाँसापुुर्ण र लम्वेतानले दर्शक श्रोतालाई दिक्क पारिरहेको थियो ।
प्रतिपक्षहरुको आरोपलाई एमाले मुसिकोटका अध्यक्ष प्रकाश काफ्लेले नगरपालिकाकाृ बचाउ गर्ने शैलीमा आफ्ना भनाई राखे । े उनले भने बिरोधका लागि बिरोध गर्न सकिन्छ साथीहरु, नगरपालिकाकाको समस्या पनि बुझनु पर्छ । बर्तामान सरकारले यसनगरपालिकालाई पक्षपात गरेर माथीबाट आउने ठुलाठुला बजेट रोकेको छ । यस्ता कुरामा राजनैतिक प्रतिशोध साँधिन्छ । यस प्रति पनि तपाईहरु जिम्मेवार हुनु पर्छ ।
नगर प्रमुख खरेलले कांग्रेसबाट निर्वाचित वडाध्यक्ष लगायतका जनप्रतिनिधीहरुलाई पेल्नु पेलेको र हरेक निर्णय एकलौटी ढंगले गर्ने गरेको , शिक्षक कर्मचारी नियुक्तीका लागि छनौट समितिको संयोजक एमाले मुसिकोट नगरकमिटीको उपाध्यक्ष सहित ११ जना एमालेकै राखेको भन्दै ेपाली काग्रेस मुसिकोट नगर सभापति समेत रहेका वडाध्यक्ष मोहन घिमिरे बोल्ने क्रममा निकै जंगिए ।
त्यस्तै उनले गल्ककोटका प्रािव तहका शिक्षकलाई मुसिकोटका मावितहका शिक्षकलाई परिक्षा लिन बोलाउनु भनेको हवल्दारले ईन्सपेक्टरको परिक्षा लिनु जस्तै भएको भन्दै आपत्ती जनाए । सेटिङमा शिक्षक नियुक्त हुने गरेको आरोप लगाउँदै स्थानीयका नभई तराईतिरका शिक्षक नियुक्ती गरेर डाँडोलाईनका बिद्यालय भरिएको बताए ।

तर मुस्कान सहित जवाफ दिनु भयो नगरप्रमुख खरेल र प्रमुख प्रशासकिय अधिकृत विनोद कुँवरले लगाईएका आरोपको दफबार जवाफ दिएका थिए । नगरप्रमुख खरेल भन्दै थिए आरोप लगाईए जस्तो हामीले गरेको जस्तोा लाग्दैन तर हामी कतै चुकेको भए , कतै चिप्लीएको भए हामी सच्चिने छौं , त्यसलाई बिरोधको रुपमा लिने छैनौं , समृद्धि मुसिकोट बनाउने लक्ष्यलाई सुझावका रुपमा लिनेछौं ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा उठाईएका बिषय सम्वन्धित शाखा प्रमुखले नै दिने कुँवरले भने पनि शाखा प्रमुखलाई भन्दा पनि नगरप्रमुखले नै दिने प्रश्नकर्ताहरुको जोड थियो । सुझाव संकलन पत्रमा हेर्दा अधिकांसले कृषि क्षेत्रलाई नै जोड दिएका थिए ।

सार्वजाकि सुनुवाई कार्यक्रममा थुप्रै र केहि गम्भीर बिषय पनि उठेका छन । जसलाई हामीले सविस्तार बिषगत रुपमा उठान गर्नेछौं । समग्रमा मुसिकोटको सार्वाजनिक सुनुवाई कार्यक्रम कर्मकाण्डी मात्रै मान्न सकिन्न । यदि जवाफदेही निकायले कार्यन्वनमा गम्भीर्यता देखाएमा । त्यसो गरिए प्रतिपक्ष पनि सत्तापक्ष जस्तै हुँदारैछन भन्ने रेसुङ्घा नगरपालिकाको उदाहरण देख्न सकिन्छ ।
तम्घासको सडक पुनः पिच गर्ने क्रममा नगरप्रमुख खिलध्वज पन्थीले सडक छेउँका घरपेटी कानुन विपरित एकलौटी ढंगले भत्काए भनेर नेकपा एमालेको नगरकमिटीले बिरोध मात्रै जनाएन नगरप्रमुख पन्थी समक्ष बिरोध पत्र लिएर डेलिगेशन समेत गयो ।
तर एमालेबाटै विजयी भएका वडाध्यक्ष रामप्रसाद पन्थी र निरन्जन थापा सहित सबै जनप्रतिनिधी एकमत भएर नगरप्रमुख पन्थीकै अघिपछि लागेर सडक भत्काउन अगाडी सरेको उदारहरणले नै काफी छ ।
जसबाट नगरप्रमुख पन्थीको चेनअफकमाण्ड सफल मान्न सकिन्छ । यसर्थ मुसिकोट नगरप्रमुख खरेलले पनि त्यस्तै सन्तुलित वातबरण मिलाउन सके कसो होला ?

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता