मुसिकोटमा नेपाल विद्यार्थी संघ परिचालन समिति गठन



कात्तिक १८ गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिकामा नगरस्तरीय नेपाल विद्यार्थी संघ परिचालन समिति गठन भएको छ । शनिबार वामीटक्सारमा बसेको ने वि संघ सम्बद्व विद्यार्थीहरुको भेलाले परिचालन समिति गठन गरेको हो ।
नगरभित्रका ९ वटै वडामा वडा संयोजक र नगरमा एकजना नगर संयोजक गरि १० सदस्यिय ने वि संघ नगर परिचालन समिति गठन गरिएको ने बि सङ्घले बताएको छ ।
नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य सुरज आचार्यको संयोजकत्वमा उक्त समिति गठन गरिएको नगर सह-सचिव सुरज कार्कीले जानकारी दिनुभयो ।
वडानम्बर १ पौदीअमराईमा महादेव खरेल, वडानम्बर २ मुसिकोटमा सागर खत्री, वडानम्बर ३ बडागाउमा शिशिर भण्डारी, वडानम्बर ४ बडागाउमा सुरज कार्की, वडानम्बर ५ आँपचौरमा अमृत खरेल, वडानम्बर ६ कुर्घामा नविन शर्मा, वडानम्बर ७ वामीटक्सारमा सलोन शाक्य, वडानम्बर ८ वामीमा गम्भिर खत्री, सुदिप रायमाझी र वडानम्बर ९ अर्लाङ्गकोटमा विश्वनाथ खरेल रहेका छन ।
लगत्तै आउदै गरेको निर्वाचनमा प्रचारप्रसार साथै नगरस्तरीय ने वि संघलाइ निर्वाचनपछि पनि मजबुत बनाउने उद्देश्यले समिति गठन गरिएको ने वि संघले जनाएको छ ।

प्रत्येक वडा संयोजकले वडा समिति बनाएर काम गर्नेछन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता