मुसिकोटका स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न



सागर भण्डारी,गुल्मी ।

मुसिकोट नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । नगर पालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुले आर्थिक वर्ष २०७७ ७८ मा गरेको कार्यप्रगति प्रतिवेदन प्रस्तुत सगैं समिक्षा कार्यक्रम गरिएको हो । गोष्ठीमा नगरपालिकाले एक बर्षभर गरेको स्वास्थ्य सम्बन्धी कार्यक्रम तथा गतिबिधिको विषयमा छलफल गरिएको थियो । त्यस्तै गोष्ठीमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु खोप सेवा, परिवार नियोजन, मातृशिशु सेवा, पोषण तथा कोभिड १९ ले पारेको प्रभाव र यसको समाधानका विषयमा छलफल गरिएको नगर स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो ।

गोष्ठीमा नगरभित्र रहेका ९ वटा प्रमुख स्वास्थय संस्थाहरुले आफ्नो प्रगती प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । स्वास्थ्य संस्थाहरु मध्ये वडागाउँ स्वास्थ्य चौकी र आँपचौर स्वास्थ्य चौकीले सुत्केरी हुन स्वास्थ्य संस्थासम्म ल्याउन प्रोत्साहन गर्ने महिला स्वयं सेविकाहरुलाई प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउने नविनतम कार्य सुरुवात गरेको र कार्यक्रम प्रभावकारी भएको बताईएको थियो ।

गोष्ठीमा प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले केही अत्यावश्यक औषधिहरु उपलब्ध नहुने गरेको,विद्युतको आपूर्तिमा समस्या हुँदा बर्थिङ सेन्टरमा सुत्केरी गराउन कतिपय समयमा असहज हुने गरेको,अज्ञानता र परम्परागत सोँचका कारण कतिपय विरामीहरु अझै स्वास्थ्य संस्थामा नआउने गरेको,अझै पनि घरमै सुत्केरी हुनेहरुको संस्था केही वडामा रहेको तथा विसीजि खोप खेर जाने दर उच्च रहेको लगायतका समस्या राखेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले अन्य पालिकाको तुलनामा मुसिकोट नगरपालिकाको स्वास्थ्य क्षेत्रको प्रगति उल्लेखनिय रहेको बताउनुभएको थियो । उहाँले खोप र पोषणसगं सम्बन्धित कार्यक्रमलाई प्रभावकारी रुपले सम्पादन गर्न र खोप लगाउन छुटेका बालबालिकाहरुको पहिचान तथा खोजि गर्न आग्रह गर्नुभयो । त्यस्तै नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले स्वास्थ्य संस्थाहरुको गुणस्तर अभिवृद्धि गर्न एक अर्कामा प्रतिष्प्रधात्मक तवरबाट अगाडी बढ्नु पर्ने बताउनुभएको थियो ।

नगरप्रमुख सोमनाथ सापकोटाले स्थानीय तहको निर्माण भएपश्चात स्वास्थ्य क्षेत्रमा नगरपालिकाले धेरै प्रगति हासिल गरेको बताउनुभएको थियो । उहाँले आगामी आर्थिक वर्ष भित्र नगरभित्र रहेका सबै स्वास्थ्य संस्थामा सोलार सिस्टम जडान गर्ने,नेटको उपलब्धता पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख कमला शर्मा, वडा नं १ का वडाध्यक्ष पूणर् बहादुर हितान,२ का अध्यक्ष लक्ष्मण खत्री,४ का वडाध्यक्ष ओम बहादुर केसी,५ का वडाध्यक्ष भागीरथ खरेल,७ का अध्यक्ष प्रकाश काफ्ले,८ का अध्यक्ष नारायण सापकोटा,९ का अध्यक्ष नरेशराज खरेल, कार्यपालिका सदस्य सत्याकुमारी जिसी, नगरपालिकाका सामाजिक विकास समिति सयोंजक हरि प्रसाद छन्त्याल,नगरपालिकाका कर्मचारी,सुरक्षाकर्मी,पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरस्वास्थ्य सहसयोंजक पुष्कर गौतमले गर्नुभएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता