मुख्य मन्त्री पोख्रेललाई विष्टको जबाफ ,म सडकमा पुगे पनि तपाईं माथी पुग्नु शुभकामना मित्र !



फागुन १५ गुल्मी ।

केहि दिन अघि पुर्व मन्त्री तथा नेकपाका स्थायी कमिटीका सदस्य गोकर्ण विष्टलाई तिखो व्यङ्ग्य हानेका लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेललाई शनिबार सोहि मञ्च बाट विष्टले जबाफ दिएका छन ।
शनिबार माधव प्रचण्ड समुहले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
“मुख्य मन्त्री पोख्रेल मेरा प्रिय् मित्र हुनु हुन्छ ,उहाँले मलाई गुल्मी क्षेत्र नम्वर दुई बाट सडकमा पुराउछौ भन्नु भएछ यसमा मेरो कुनै प्रतिक्रिया छैन ” । उहाँले मलाई जे भने पनि महिले उहाँलाई दाङमा जित्नोहोस भन्ने शुभकामना दिन चाहान्छु ,उहाँ प्रती सदभाव व्यक्त गर्न चाहन्छु ।
तर गुल्मेली दाजुभाईका अगाडी जुन प्रतिक्रिया दिनु भयो त्यस प्रतिक्रियाले यस क्षेत्रका दाजुभाई बुवाआमालाई सायद तो कुरा सुन्दा मनोरञ्जन हुन्छ होला र बेलाबखतमा हास्नु हुन्छ होला । सायद उहाँको अभिव्यत्तिले नि :शुल्क मनोरञ्जन तपाईं हरुलाई प्राप्त भएको होला । म मेरो प्रिय् मित्रलाई फेरि पनि सफलताको शुभकामना व्यक्त गर्न चाहान्छु ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता