मिलिजुली सहकारी संस्थाको तेस्रो वाषिर्क साधारण सभा सम्पन्न



पुस २९ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर छ अर्जैमा मा रहेको मिलिजुली कृषि तथा पशु विकास महिला सहकारी संस्थाको तेस्रो वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले एक करोड २८ लाख ७० हजार तीन सय ३६ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको छ । वार्षिक साधारण सभाको वडा नम्बर छ का वडा अध्यक्ष शोभाखर गिरिले एक समारोहका बिच उद्घाटन गर्नु भएको हो ।

तेस्रो वाषिर्क साधारण सभा उद्धघाटन गदै प्रमुख अतिथि वडाध्यक्ष शोभाखर गिरी /तस्वीर गुल्मी अपडेट

उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष गिरिले ग्रामीण क्षेत्रमा उद्योगधन्दा कलकारखाना खोल्ने अवस्था नरहेको बताउदै कृषि क्षेत्रमै लाग्न सुझाब दिनु भएको छ । कृषि बाट जिवन संगै समाज रुपान्तरण गर्न सकिने उहाँको बुझाई रहेको छ ।
वार्षिक साधारण सभामा संस्थाको आगामी रणनीति तथा विगतका कार्यहरू बारेमा व्यापक समिक्षा समेत गरिएको थियो ।
तीन वर्ष अघि स्थापित यस सहकारीले बचत तथा ऋणको अलवा गाउँपालिकाको मातहत रहेको खसी बोका बिक्री ,किसानलाइ उन्नत विउविजन तथा घासहरु प्रदान गर्दै आएको छ ।
हाल यस सस्थामा ९ सय ५३ जना नियमित बचतकर्ता सहित ४१ जना बालबालिका आवद्ध रहेको सहकारीका व्यवस्थापक हेमा रेग्मी अर्यालले बताउनु भयो ।
तेस्रो साधारण सभा संस्थाका अध्यक्ष कल्पना खत्रीको अध्यक्षता , वडा अध्यक्ष शोभाखर गिरिको प्रमुख आतिथ्यता तथा कार्यक्रम सञ्चालन सस्थाका व्यवस्थापक हिमा रेग्मी अर्यालले गर्नु भएको थियो ।

तेस्रो वाषिर्क साधारण सभा सहभागी अतिथिहरु/तस्वीर गुल्मी अपडेट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता