माालिका गाउँपालिकामा नेकपाको प्रशिक्षण कार्यक्रम



कात्तीक २४ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकामा सत्तारुण दल नेपाल कम्युनिस्ट पाटी नेकपाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सत्तारुण दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले सिंगो मालिका गाउँ कमिटिलाई प्रशिक्षण दिएको गाउँ कमिटिका सचिवालय सदस्य शोभाखर गिरीले जानकारी दिनु भयो ।
केन्द्रिय उर्जा विभागका सचिव राम बहादुर राउतले नेकपाका कार्यकर्ता तथा शुवेच्कलाई प्रशिक्षण दिनु भएको हो ।

एक दिने प्रशिक्षण कार्यक्रममा योजना निमार्ण,सकरात्मक सोच,पार्टी र जनप्रतिनिधि बिचको अन्तर सम्बन्धको विषयमा प्रशिक्षण दिएको हो ।

साथै केन्द्रमा पार्टी टुटफुट तथा विवाद उत्पन्न भएतापनी स्थानीय कार्यकर्ताले पार्टी नफुट्ने विश्वास व्यक्तm गरेका छन् । साथै पार्टी प्रती सबैले आ आफ्नो ठाउँबाट इमान्दर ढंगले आफ्नो भुमिका निर्वाह गर्ने नेतृत्वलाई आग्रह समेत गरेका छन् ।
प्रशिक्षण कार्यक्रममा नेकपाका गाउँ कमिटिका पदाधिकारी, वडा अध्यक्ष तथा सचिव साथै नेकपामा आस्था राख्ने स्थानीय समाज सेवी बुद्धीजीवीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम नेकपा मालिका गाउँकमिटिका अध्यक्ष देविराम अर्यालको अध्यक्षता , नेकपा केन्द्रिय उर्जा विभागका सचिव राम बहादुर राउतको प्रमुख आतिथ्यता,नेकपा जिल्ला सचिवालय सदस्य गणेश श्रीपाली तथा ओम कार्कीको विशेष आतिथ्यता रहेको थियो । भने कार्यक्रमको सञ्चालन मालिका गाउँ कमिटिका सचिवालय सदस्य शोभाखर गिरीले गर्नु भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता