मालिका गाउँपालिकाका १३२० जेष्ठ नागरीकले लगाए कोरोना विरुद्धको खोप



फागुन- २४ गुल्मी ।

कोरोना विरुद्धको दोस्रो चरणका खोप अभियान अन्र्तगत मालिका गाउँपालिकाका १३ सय २० जेष्ठ नागरीकले खोप लगाएका छन् ।
फागुन २३ र २४ गते गरी दुई दिन सम्म चलेको खोप अभियानमा मालिका गाउँपालिकाका ६५ वर्ष भन्दा माथिका १३ सय २० जेष्ठ नागरीकले खोप लगाएको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए । ६ सय ५४ महिला र ६ सय ६६ जना पुरुषले दोस्रो चरणको खोप लगाएका हुन ।

गाउँपालिकाका आठै वटा वडाका स्वास्थ्य चौकीमा खोप केन्द्र सञ्चालन गरिएको थियो । भने अपांग तथा अशक्त वृद्धावृद्धको लागी नि: शुल्क यातयातको व्यवस्था समेत गरिएको गाउँपालिकाले जनाएको छ ।
खोप लगाउनको लागी त्यस क्षेत्रका वृद्धावृद्धको उसाहजनक सहभागिता रहेको थियो । मालिका गाउँपालिका वडा नम्वर आठको मर्भुङ् स्वास्थ्य चौकीमा ९५ वर्षका दण्डपाणी अर्यालले कोरोना विरुद्धको खोप लगाएका छन् । भने वडा नम्वर ४ को अर्खबाङ् स्वास्थ्य चौकीमा ९७ वर्षका सोभिराम बुढा र वडा नम्वर ६ अर्जैमा रहेको अर्जे स्वास्थ्य चौकीमा ९२ वर्षका चन्द्रकला ज्ञवालीले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य संयोजक भुसालले बताए ।

त्यस्तै वडा नम्वर एकको नेटामा रहेको नेटा स्वास्थ्य चौकीमा ६२ जना महिला र ४८ जना पुरुषले खोप लगाएका छन् । भने वडा नम्वर दुई दलिङ्गमा रहेको दलिङ्ग स्वास्थ्य चौकीमामा ९९ जना महिला र एक सय एक जना पुरुषले खोप लगाएका छन् । त्यस्तै वडा नम्वर तीन ह्वाङदीमा रहेको ह्वाङदी स्वास्थ्य चौकीमा ६२ जना महिला र ४८ जना पुरुषले खोप लगाएका छन् । वडा नम्वर चारमा रहेको अर्खबाङ् स्वास्थ्य चौकीमा ५८ जना महिला र ५२ जना पुरुषले खोप लगाएका छन् भने वडा नम्वर पाँचमा रहेको छापहिले स्वास्थ्य चौकीमा ४७ जना महिला र ५३ जना पुरुषले खोप लगाएका छन् । वडा नम्वर ६ मा रहेको अर्जै स्वास्थ्य चौकीमा एक सय १८ महिला र एक सय ४२ जना पुरुषले खोप लगाएका छन् । वडा नम्वर सातमा रहेको घमिर स्वास्थ्य चौकीमा ७७ जना महिला र एक सय तीन जना पुरुषले खोप लगाएका छन् ।
त्यस्तै वडा नम्वर आठमा रहेको मर्भुङ् स्वास्थ्य चौकीमा एक सय ११ जना महिला र एक सय १९ जना पुरुषले खोप लगाएका छन् । मालिका गाउँपालिकालाई १३ सय ६० डोज खोप पाप्त भएको थियो । बाकी रहेको ४० डोज खोप भोली बाकी रहेका वृद्धावृद्धलाई लगाईने गाउँपालिकाले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता